
गैँडाकोट । कोरोना भाईरसका कारण पूर्वि नवलपरासीमा आज थप एक जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ का ७३ वर्षका पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पूर्वि नवलपरासीका प्रमुख केशव चापागाईका अनुसार मृतक पुरुष लामो समयदेखि मुटुरोगको उपचार गराईरहनु भएको थियो । कार्तिक ६ गते गरिएको कोरोना परिक्षणमा उहाँको रिपोर्ट पोजेटिभ देखिएको थियो ।