Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

नवलपुर  । पूर्वी नवलपरासीमा आज थप १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईको अनुसार जिल्लाको हुप्सेकोट गाउँपालिकामा ८ जना , देवचुली नगरपालिकाका ४ जना , कावासोती नगरपालिका र बुलिङटार गाउँपालिका का एक एक जना गरी १४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

संक्रमितलाई होम आइसोलेसन मा राखिएको पनि चापागाईले बताउनुभयो । हुप्सेकोट गाउँपालिका मा भने स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद सापकोटा सहित लाई कोरोना पुष्टि भएको हो । उहाँका अनुसार हुप्सेकोटको अस्थायी कोरोना अस्पताल बेलुवामा सङ्कलित ४९ नमुना स्वावमाध्ये आफू सहित ४ पुरुष र ४ महिलामा कोरोना देखिएको हो ।

तपाईको प्रतिक्रिया