×

नवलपुर । कोरोना भाईरस (कोभिड १९) बारे समाचार संकलनका क्रममा नवलपुरमा पत्रकारहरुले सास्ती खेप्नु परेको छ । जिल्लामा कति संक्रमित भए कति निको भए भन्ने सही तथ्याकं सही समयमा उपलव्ध हुन नसक्दा संक्रमितको तथ्याकंमा समेत घटबढ हुने देखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पूर्वि नवलपरासीले पत्रकारहरुका लागी ग्रुप च्याटमा संक्रमित र मृत्यु भएकाहरुको सूचना दिने गरेपनि त्यो पर्याप्त हुन सकेको छैन ।
कार्यालयका प्रमुख केशव चापागाँईले पत्रकारहरुलाई थप भएका संक्रमित र मृत्युु भएकाहरुको बारेमा छाटो जानकारी दिदै थप जानकारीका लागि सम्वन्धित पालिकाको स्वास्थ्य शाखामा सम्र्पक गर्न आग्रह गर्न बताउदै आएका छन ।
जिल्लामा रहेका सम्वन्धित स्थानीय तहका स्वास्थ्य शाखाहरुले सही समयमा पत्रकारहरुका लागि तथ्याकं सहित इमेल पठाएमा समाचार प्रकाशन तथा प्रशारणका लागी सहज हुने पत्रकारहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया