×

नवलपुर विशेष

दाउन्नेमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

दाउन्नेमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
गैँडाकोट । ट्रकको ठक्करबाट नवलपुरको दाउन्नेमा आज साँझ एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि एकजना गम्भिर घाईते भएका छन । पूर्वबाट पश्चिम जाँदै गरेको ना ३ ख ४०९ नम्बरको ट्रकले सोहि दिशातफै जाँदै गरेको से छ प ८६७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक कन्चनपुरको पुर्नवास नगरपालिका घर भएका ३३ वर्षका रमेश अर्यालको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका...

जन्मोत्सवमा रमिता सारू मगर स्मृति प्रतिष्ठान नेपाललाई आर्थिक सहयोग

जन्मोत्सवमा रमिता सारू मगर स्मृति प्रतिष्ठान नेपाललाई आर्थिक सहयोग
गैँडाकोट । गैंडाकोट नगरपालिका वार्ड नं–४, निवासी ओमबहादुर पुन मगरले आफ्नो ४७ औं जन्मदिनको अवसर तथा नेपाल मगर संघ साविक गैंडाकोट गाविसका संस्थापक अध्यक्ष  स्वर्गीय टेकबहादुर पुन मगर र आमा स्वर्गीय मनसुब्बा पुन मगरको स्मृतिमा आर्थिक सहयोग गर्नु भएको छ । नेपाल मगर संघ गैंडाकोट नगरपालिकाको नगर इकाई समितिका निवर्तमान सह–सचिव समेत कार्यभार पुरा गरी अन्य सामाजिक संघ–संस्थामा समेत आबद्ध हुनु भएका मगरले गरीव तथा जेहेन्दार विद्यार्थी छात्रवृति कार्यक्रम सहयोगार्थ रमिता सारू मगर स्मृति...

लागुऔषध सहित नवलपुरबाट चारजना युवा पक्राउ

लागुऔषध सहित नवलपुरबाट चारजना युवा पक्राउ
गैँडाकोट । पूर्वि नवलपरासीमा लागुऔषध सहित चारजना युवालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले सवारीसाधनहरु जाचँगर्ने क्रममा उनिहरु लागुऔषध सहित पक्राउ परेका हुन । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं. १ का २७ वर्षका विक्की भनिने मिन बहादुर थापा मगर, विराटनगर महानगरपालिका वडा नं.६ का १९ का ऋषीदेव भन्ने बिशाल मुसहर, रत्ननगर नगरपालिका वडा नं. २ का २० वर्षका अनरुप अधिकारी र...

नवलपरासी प्रहरीद्धारा ४४ लाख ६५ हजार मूल्य बराबरको अवैध मालसामान  बरामद

नवलपरासी प्रहरीद्धारा  ४४ लाख ६५ हजार मूल्य बराबरको अवैध मालसामान  बरामद
नवलपुर ।   नवलपरासी (पश्चिम) प्रहरीले आज  अवैध कारोबारमा संलग्न २ वटा चार पांङग्रे गाडी सहित अन्दाजी ४४ लाख ६५ हजार ५ सय ८४ मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ । दिउँसो  १२:४५ बजेको समयमा बर्दघाट नगरपालिका   स्थित भित्री सडक खण्डमा पार्किङ गरी राखेको लु.अ.अ.मा. ९२३१ नं. को (ONTEST) कारलाई चेक जांच गर्दा साे गाडी भित्र भारतबाट भन्सार छलि अवैध रुपमा ल्याएको MAROTI, Day Time Running Lamp, Grip black steering swift , Wheel arch (y 1 k) लगायतका मोटर...

ओलीलाई निकाल्न खोज्दा प्रचण्ड उछिटिएर माईतीघर: महेश बस्नेत

ओलीलाई निकाल्न खोज्दा  प्रचण्ड उछिटिएर माईतीघर: महेश बस्नेत
कावासोती । राष्ट्रिय युवा संघ नेपालका ईन्चार्ज एवं पुर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकाल्न खोज्दा पुष्षकमल दहाल प्रचण्ड आफै उछिटिएर माईतीघर पुगेको बताएका छन् । सोमबार पुर्वी नवलपरासीको कावासोतीमा राष्ट्रिय युवा संघ पुर्वी नवलपरासीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बस्नेतले भने, 'प्रचण्डले कम्युनिष्ट पार्टीबाट वैद्य, बाबुराम , विपल्वलाई निकाले तर ओलीलाई निकाल्न खोज्दा आफै उछिटिएर माईतीघर मण्डलामा पुगे । आफ्नो सम्बोधनको अधिका...

युवा भेलालाई सम्बोधन गर्न नेता महेश बस्‍नेत आज नवलपुर आउँदै

युवा भेलालाई सम्बोधन गर्न नेता महेश बस्‍नेत आज नवलपुर आउँदै
गैँडाकोट । नेकपा ओली समूहको बलियो जिल्लाको रुपमा चिनिएको पूर्वी नवलपरासीको कावासोतीमा राष्ट्रिय युवा संघ नेपाल नवलपुरले सोमबार (आज ) जिल्ला भेलाको आयोजना गरेको छ । जिल्लाका स्थानीय तहहरुमा आक्रमक रुपमा संगठन विस्तार गरेको नेकपा ओली समूहले नवलपुरमा समेत आफ्नो उपस्थिति बलियो बनाएको छ । आजको बृहत युवा भेलालाई सम्बोधन गर्न राष्ट्रिय युवासंघ नेपालका ईन्चार्ज एवं लोकप्रीय युवा नेता महेश बस्नेत नवलपुर आउन लागेको राष्ट्रिय युवासंघका जिल्ला अध्यक्ष कृष्ण कंडेलले जानकारी दिए । रा...

गैँडाकोटकी सरस्वती श्रेष्ठ (पाध्या) बेपत्ता : नदी किनारमा कपडा र चप्पल भेटियो

गैँडाकोटकी सरस्वती श्रेष्ठ (पाध्या) बेपत्ता : नदी किनारमा कपडा र चप्पल भेटियो
गैँडाकोट । गैँडाकोट नगरपालिका वडां. १ की २८ वर्षीया सरस्वती श्रेष्ठ (पाध्या) बेपत्ता भएकी छिन । विगत तीनदिन देखि हराएकी उनि हालसम्म पनि परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । उनि लामो समयदेखि गैँडाकोट नगरपालिका वडा न‌ं १ स्थित प्रगतीटोलमा बस्दै आएकि थिईन । ईलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार उनले लगाउदै आएको कपडा र चप्पल बृटिसक्याम्प स्थित नारायणी नदी किनारमा फेला परेको छ ।नदी किनारको अप्ठेरो खोँचमा उनले प्रयोग गर्दै आएको चप्पल र हुट भेटिएको छ : प्रहरी निरिक्षक च...

नेकपा ओली समूहका युवाहरुको बृहत भेला कावासोतीमा हुँदै

नेकपा ओली समूहका युवाहरुको बृहत भेला कावासोतीमा हुँदै
गैँडाकोट । नेकपा ओली समूहको बलियो जिल्लाको रुपमा चिनिएको पूर्वी नवलपरासीको कावासोतीमा राष्ट्रिय युवा संघ नेपाल नवलपुरले माघ १२ गते जिल्ला भेलाको आयोजना गरेको छ । जिल्लाका स्थानीय तहहरुमा आक्रमक रुपमा संगठन विस्तार गरेको नेकपा ओली समूहले नवलपुरमा समेत आफ्नो उपस्थिति बलियो बनाएको छ । माघ १२ गते आयोजना गरिएको बृहत युवा भेलालाई सम्बोधन गर्न राष्ट्रिय युवासंघ नेपालका ईन्चार्ज एवं लोकप्रीय युवा नेता महेश बस्नेत नवलपुर आउन लागेको राष्ट्रिय युवासंघका जिल्ला अध्यक्ष कृष्ण कंडेलले ज...

मोटरसाईकल दुुर्घटना हुँदा कावासोतीका २ युवाको मृत्यु

मोटरसाईकल दुुर्घटना हुँदा कावासोतीका २ युवाको मृत्यु
गैँडाकोट । पूर्वि नवलपरासीमा भएको मोटरसाईकल दुर्घटनामा परि २ जना युवाको मृत्यु भएको छ । जिल्लाको कावासोती नगरपालिका वडा नं. ८ स्थित खरकट्टा जंगलको भित्रि सडक खण्डमा मोटरसाईकल अनियन्त्रीत भै सालको रुखमा ठक्कर खाँदा  २ जनाको ज्यान गएको हो । उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना २२ प ६५५५ नम्बरको मोटरसाईकल अनियन्त्रित भै सालको दुर्घटना हुँदा कावासोती नगरपालिका वडा नं. ३ का २४ का हेमराज थापा र वडा नं. ८ का वर्ष २६ का सुनील जैसवालको मृत्यु भएको डिएसपी दिलिप गिरीले उज्यालो खबरलाई बत...