×

गैँडाकोट । नेकपा ओली समूहको बलियो जिल्लाको रुपमा चिनिएको पूर्वी नवलपरासीको कावासोतीमा राष्ट्रिय युवा संघ नेपाल नवलपुरले सोमबार (आज ) जिल्ला भेलाको आयोजना गरेको छ । जिल्लाका स्थानीय तहहरुमा आक्रमक रुपमा संगठन विस्तार गरेको नेकपा ओली समूहले नवलपुरमा समेत आफ्नो उपस्थिति बलियो बनाएको छ ।

आजको बृहत युवा भेलालाई सम्बोधन गर्न राष्ट्रिय युवासंघ नेपालका ईन्चार्ज एवं लोकप्रीय युवा नेता महेश बस्नेत नवलपुर आउन लागेको राष्ट्रिय युवासंघका जिल्ला अध्यक्ष कृष्ण कंडेलले जानकारी दिए ।

राष्ट्रिय युवासंघ नेपालको नवलपुर जिल्ला कमिटि घोषणा, निर्वाचन क्षेत्र, नगर तथा पालिका कमिटिका पदाधिकारी घोषणा तथा सपथ ग्रहण सहित पार्टि प्रवेश कार्यक्रमको प्रमुख अतिथिका रुपमा युवाहरुलाई सम्बोधन गर्न बस्नेत नवलपुर आउन लागेको उनले बताए ।
नेकपा ओली समूहका खरो नेता रुपमा परिचित बस्नेत युवाहरुका माझ लोकप्रीय मानिन्छन ।

तपाईको प्रतिक्रिया