×

नवलपुर विशेष

धर्म र पर्यटनलाई जोड्दै देवघाटधाम

धर्म र पर्यटनलाई जोड्दै देवघाटधाम
नवलपुर ।नवलपुर, तनहुँ र चितवनको सिमानास्थित धार्मिक महत्वको स्थल देवघाटधाममा माघ लागेसँगै दिनानुदिन पर्यटक पुग्ने गरेका छन् । माघ मात्र नभई यहाँ साउन महिनामा पनि ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गर्र्छन् । विशेष चाडपर्व र तिथिका साथै पछिल्ला वर्षमा धार्मिक रुपमा मात्र नभई पर्यटकीय रुपमा समेत देवघाटधाम आकर्षक गन्तव्य बनेको छ । देवघाटधामको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्नका लागि स्थानीयवासी त लागेका छन् नै, पछिल्ला वर्षमा पनि सरकारले पनि यहाँको विकासलाई चासो दिँदै आएको छ...

हसौरामा जारी फुटबलमा आयोजक रातो समुह सेमी फाईनलमा प्रवेश

हसौरामा जारी  फुटबलमा आयोजक रातो समुह सेमी फाईनलमा प्रवेश
नवलपुर । कावासोतीको हसौरामा जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा आयोजक टीम नवज्योति युवा क्लव रातो सेमी फाईनल चरणमा उक्लिएको छ । यसअघि बेलुवालाई हराएर क्वाटर फाईनलमा शुक्रवार प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएको कावासोती ५ को नमुना युवा क्लवको अर्को प्रतिस्पर्धा गर्ने मौका चुकेको हो ।प्रतिस्पर्धामा आयोजक रातोले नमुनालाई ४–१ गेल अन्तरले पछाडी पार्दै सेमी फाईनलमा उक्लिएको हो । रातो समुहका खेलाडी मन महतोले २१ र ५६ मिनेटमा २ गोल गरेका थिए भने ७८ औ मिनेटमा राजकुमार ...

भूमिहीनलाई जग्गा प्राप्तिको निवेदन ३५ दिनभित्र बुझाउन आग्रह

भूमिहीनलाई जग्गा प्राप्तिको निवेदन ३५ दिनभित्र बुझाउन आग्रह
काठमाडौं । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आफू बसोबास गरिरहेको वा आवाद गरेको जग्गा प्राप्तिका लागि ३५ दिनभित्र स्थानीय तहमा निवेदन बुझाउन भूमि सम्बन्धी समस्या समाधान आयोगले आग्रह गरेको छ । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै जग्गा पाउन तोकिएको ढाँचा बमोजिम निवेदन फारम भरी ३५ दिनभित्र स्थानीय तहमा बुझाउन भनेको हो । फारममा उल्लेखित विवरणलाई पुष्ट्याइँ गर्ने प्रमाण पनि पेस गर्न आयोगले भनेको छ । जग्गा प्राप्तिको निवेदन घरदैलोमा खटिएका लगत संकलक वा सम्बन्धि...

लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो

लाइसेन्स आवेदनमा कोटा प्रणाली हट्यो
काठमाडौं । यातायात व्यवस्था विभागले आजबाट सवारी चालक अनुमति पत्र लाइसेन्स आवेदनमा कोटा प्रणाली हटाएको छ । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालले अनलाइन सिस्टममा सुधार गरी आजबाट अनलिमिटेड फारम भर्न सकिने व्यवस्था गरिएको बताए । यसअघि हरेक दिन लाइसेन्स वितरण गर्ने कार्यालयहरुले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै ...

भारतले नेपाललाई कोरोनाविरुद्ध १० लाख डोज खोप दिने, विहीबार नै नेपाल आइपुग्ने

भारतले नेपाललाई कोरोनाविरुद्ध १० लाख डोज खोप दिने, विहीबार नै नेपाल आइपुग्ने
काठमाडौं । भारत सरकारले नेपाललाई कोरोनाविरुद्धको १० लाख डोज खोप उपलव्ध गराएको छ । उक्त खोप भोली विहीबार नै नेपाल आइपुग्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतले खोप उपलब्ध गराएको जानकारी दिएका हुन । पत्रकार सम्मेलनमा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि सहभागिता रहेको थियो । मन्त्री त्रिपाठीले भने, ‘खोप भोलि नै नेपाल आउने र फ्रन्ट लाइनमा रहेर काम गर्नेहरुलाई प्राथमिकता दिएर लगाउन सुरु गरिनेछ ।’ भारतले स...

कोरोनाका कारण गैंडाकोटका ५५ वर्षीय पुरुषको निधन

कोरोनाका कारण  गैंडाकोटका ५५ वर्षीय पुरुषको निधन
नवलपुर । पुर्वी नवलपरासीमा कोरोना संक्रमणको कारणले थप १ जनाको निधन भएको छ । जिल्लाको गैंडाकोट नगरपालिका वडा नं १३ बस्ने ५५ वर्षीय पुरुषको कोरोना संक्रमणले निधन भएको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत पौष २३ गते अस्पताल भर्ना भएका १३ बस्ने ५५ वर्षीय पुरुषमा पौष २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भरतपुर अस्पतालको कोभिड आईसियुमा उपचाररत पुरुषको मंगलबार साझ निधन भएको हो । यो सँगै पुर्वी नवलपरासीमा कोरोना संक्रमणको कारणले मृत्यु हुनेको संख्या ३२ पुगेको छ भ...

बुधवार देखि नवलपुरमा निशुल्क स्थायी बन्ध्याकरण शिविर (तालिका सहित)

बुधवार देखि नवलपुरमा निशुल्क स्थायी बन्ध्याकरण शिविर (तालिका सहित)
गैँडाकोट । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) ले   बुधवार देखि जिल्लामा निशुल्क स्थायी बन्ध्याकरण शिविर चलाउने भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाका सवै स्थानीय तहहरुमा निशुल्क स्थायी बन्ध्याकरण हुने भएको हो । आजदेखि  सुरु गरिने शिविर माघ २९ गते गैँडाकोटमा आएर सकिने छ । माघ २९ गते गैंडाकोटको प्रस्तावित गैंडाकोट, नगर अस्पताल पिजौजी स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने भएको हो । सन्तानको रहर पुगेका महिला तथा पुरुषका लागि निशुल्क स्थायी बन्ध्याकरण ...

 राष्ट्रिय परिचयपत्रका लागि गैँडाकाेट नगरपालिकाबाट व्यक्तिकाे लगत संकलन सुरु

 राष्ट्रिय परिचयपत्रका लागि गैँडाकाेट नगरपालिकाबाट व्यक्तिकाे लगत संकलन सुरु
गैंडाकोट । गैंडाकोट नगर पालिकामा राष्ट्रिय परिचय पत्रको आवेदन संकलन कार्यक्रमको शुभारम्भ भएको छ । नगरपालिकाको वडा नम्बर ५ बाट राष्ट्रिय परिचयपत्रको आवेदन संकलन कार्यक्रमको एक समारोहको आयोजना गरी शुभारम्भ गरिएको हो । वडा नं‍‌. ५ मा रहेको एकता टोल विकास संस्थामा स्थापना गरिएको आवेदन संकलन सेन्टरको वडाध्यक्ष नवराज कँडेलले रिबन काटेर शुभारम्भ गर्नुभएको हो । राष्ट्रिय परिचयपत्र शुभारम्भ कार्यक्रम पश्चात स्थानिय ९८ वर्षीय वयोबृद्ध लीलाधर ढकालले पहिलो पटक आवेदन भरेर र फोटो खिचाएर से...

महामारी पुर्व तैयारीका लागि दिर्घकालिन रणनिति बनाउन छलफल

महामारी पुर्व तैयारीका लागि दिर्घकालिन रणनिति बनाउन छलफल
पोखरा । चौधरी फाउण्डेशनसहितको साझेदारीमा स्वास्थ्य आपतकालिन महामारी पुर्वतयारी तथा प्रतिकृयाका लागि जनचेतनामुलक कार्यक्रम मंगलवार पोखरामा संचालन सम्पन्न भएको छ ।नेपालमा कोभिड वा त्यस्तै महामारी रोग आइ लागेमा नियन्त्रणका लागि भविष्यमा आइपर्ने जोखिम न्यूनिकरणका लागि स्वास्थ्य क्षेत्रलाई तयारी अवस्थामा राखिनुपर्ने आवश्यकता महसुश गर्दै आपतकालीन पुर्व स्वास्थ्य सचेतनाका लागि पोखराको डेण्डेलाइन होटलमा मंगलवार सरोकारवालाको अभिमुखि कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य क्षेत्रमा कार्...