Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । कावासोतीको हसौरामा जारी जिल्लास्तरीय फुटबल प्रतियोगिताको आजको खेलमा आयोजक टीम नवज्योति युवा क्लव रातो सेमी फाईनल चरणमा उक्लिएको छ । यसअघि बेलुवालाई हराएर क्वाटर फाईनलमा शुक्रवार प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएको कावासोती ५ को नमुना युवा क्लवको अर्को प्रतिस्पर्धा गर्ने मौका चुकेको हो ।प्रतिस्पर्धामा आयोजक रातोले नमुनालाई ४–१ गेल अन्तरले पछाडी पार्दै सेमी फाईनलमा उक्लिएको हो ।

रातो समुहका खेलाडी मन महतोले २१ र ५६ मिनेटमा २ गोल गरेका थिए भने ७८ औ मिनेटमा राजकुमार महतोले र ईन्जुरी समयको ३ मिनेटभित्रै रवि क्षेत्रीले एक–एक गोल गर्दै आफ्नो टीमलाई जीतको लक्ष्यमा पुर्याए ।नमूनाका तर्फबाट ६३ औ मिनेटमा आशिष गोदारीले सान्त्वना गोल बनाए ।

शुक्रवारको खेलमा आयोजक रातो समुहका तर्फबाट २ गोल गरेका खेलाडी म्यान अफ द म्याच भए । उनलाई नवलपुर फुटबल संघका अध्यक्ष एवं गण्डकी फुटबल संघका उपाध्यक्ष सेतमान पुनले ट्रफी प्रदान गरे ।शनिवारको प्रतिस्पर्धा आयोजककै पहेंलो समुह र दलदलेको प्रगति कला मन्दिर युवा क्लवबीच हुने आयोजक नवदुर्गा युवा क्लवका अध्यक्ष शुशिल सापकोटाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया