Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । गैंडाकोट नगरपालिका वार्ड नं–४, निवासी ओमबहादुर पुन मगरले आफ्नो ४७ औं जन्मदिनको अवसर तथा नेपाल मगर संघ साविक गैंडाकोट गाविसका संस्थापक अध्यक्ष  स्वर्गीय टेकबहादुर पुन मगर र आमा स्वर्गीय मनसुब्बा पुन मगरको स्मृतिमा आर्थिक सहयोग गर्नु भएको छ ।
नेपाल मगर संघ गैंडाकोट नगरपालिकाको नगर इकाई समितिका निवर्तमान सह–सचिव समेत कार्यभार पुरा गरी अन्य सामाजिक संघ–संस्थामा समेत आबद्ध हुनु भएका मगरले गरीव तथा जेहेन्दार विद्यार्थी छात्रवृति कार्यक्रम सहयोगार्थ रमिता सारू मगर स्मृति प्रतिष्ठान नेपाललाई नगद  पाँचहजार पाँच रूपैयाँ  रकम प्रदान गर्नु भएको हो ।
प्रतिष्ठानका सचिव  देवेन्द्र सारू मगरले सो रकम ग्रहण गर्दै सहयोगी मनकारी दाताले समुदायप्रति देखाउनु भएको सेवाभावको लागि धन्यवाद र आभार प्रकट गर्नु भएको छ । २०७२ सालमा स्थापना भएको सो प्रतिष्ठानले नवलपरासी (पूर्व) बौंदीकाली गाऊँपालिका स्थित श्री बेल भाञ्ज्याङ्ग माविमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरूको सहयोगार्थ अक्षयकोष स्थापना गरी हरेक वर्ष छात्रवृति वितरण गर्दे आइरहेको छ

तपाईको प्रतिक्रिया