×

नवलपुर ।   नवलपरासी (पश्चिम) प्रहरीले आज  अवैध कारोबारमा संलग्न २ वटा चार पांङग्रे गाडी सहित अन्दाजी ४४ लाख ६५ हजार ५ सय ८४ मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ । दिउँसो  १२:४५ बजेको समयमा बर्दघाट नगरपालिका   स्थित भित्री सडक खण्डमा पार्किङ गरी राखेको लु.अ.अ.मा. ९२३१ नं. को (ONTEST) कारलाई चेक जांच गर्दा साे गाडी भित्र भारतबाट भन्सार छलि अवैध रुपमा ल्याएको MAROTI, Day Time Running Lamp, Grip black steering swift , Wheel arch (y 1 k) लगायतका मोटर पार्टस बरामद गरिएकाे डिएसपी राजु लामाले जानकारी दिए । उनका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले गाडी सहित सामान बरामद गरेकाे हाे ।

ती मोटर पार्टस  सामानको अन्दाजी मुल्य ८४ हजार ६ सय ५० र  ONTEST गाडीको  अन्दाजी मुल्य ३० लाख गरी जम्मा ३० लाख ८४ हजार ६ सय ५० मुल्य बराबर रहेको छ । बरामद सामान र गाडी आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

आजै दिउसो साढे २ वजे  बजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा लु १ ज ४२७९ नं.को पिकअपमा राखि ल्याउदै गरेको १०४ प्याकेटमा ४१६ पिस टायल सरावल गाउँपालिका वडा नं. ७ मोजरैया स्थितबाट सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले गाडी र  गाडी चालक सहित नियन्त्रणमा लिएको छ  । उक्त टायलको अन्दाजी मुल्य १ लाख २४ हजार ८ सय र पिकअप गाडीको अन्दाजी मुल्य ९ लाख गरी जम्मा १० लाख २४ हजार ८ सय मुल्य बराबर रहेको छ । बरामद टायल,गाडी र गाडी चालकलाई आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।

त्यसैगरी दिउँसो साढे १ बजे अवैध रुपमा ल्याई लुकाई छिपाई राखेको अन्दाजी २ लाख २७ हजार ४ सय ३४ मुल्य बराबरको थान कपडा, धनियाको बिउ, MDM गरम मसला,  CLUTCH BEADING MAXIMO लगायतका मालसामान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. ७ ज्यामिरेभार स्थितबाट बरामद गरेको छ । उक्त बरामद सामान आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।

 

तपाईको प्रतिक्रिया