×

गैँडाकोट । ट्रकको ठक्करबाट नवलपुरको दाउन्नेमा आज साँझ एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि एकजना गम्भिर घाईते भएका छन ।

पूर्वबाट पश्चिम जाँदै गरेको ना ३ ख ४०९ नम्बरको ट्रकले सोहि दिशातफै जाँदै गरेको से छ प ८६७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक कन्चनपुरको पुर्नवास नगरपालिका घर भएका ३३ वर्षका रमेश अर्यालको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी दिलिप गिरीले उज्यालो खबरलाई जानकारी दिए ।

दुर्घटनामा परि नवलपरासी (पश्चिम) वर्दघाट नगरपालिका वडा नं. ९ घर भएकी २९ वर्षीया तुलसी कंडेल घाईते भएकी छिन । मोटरसाईकललाई ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया