
गैँडाकोट । पूर्वि नवलपरासीमा लागुऔषध सहित चारजना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले सवारीसाधनहरु जाचँगर्ने क्रममा उनिहरु लागुऔषध सहित पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं. १ का २७ वर्षका विक्की भनिने मिन बहादुर थापा मगर, विराटनगर महानगरपालिका वडा नं.६ का १९ का ऋषीदेव भन्ने बिशाल मुसहर, रत्ननगर नगरपालिका वडा नं. २ का २० वर्षका अनरुप अधिकारी र जलाहा गाउँपालिका वडा नं. ५ का सन्दीप अधिकारी रहेको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।
उनिरुहरुको साथबाट डाईजापाम , एम्पुल , फेनरागन लगायतका लागुऔाषध वरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सवैलाई लागुऔषध तथा नियन्त्रण ऐन २०३३ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको छ ।पछिल्लो समय नवलपुरमा लागुऔषधको ओसारपसार बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको छ ।