×

गैँडाकोट । पूर्वि नवलपरासीमा भएको मोटरसाईकल दुर्घटनामा परि २ जना युवाको मृत्यु भएको छ ।
जिल्लाको कावासोती नगरपालिका वडा नं. ८ स्थित खरकट्टा जंगलको भित्रि सडक खण्डमा मोटरसाईकल अनियन्त्रीत भै सालको रुखमा ठक्कर खाँदा  २ जनाको ज्यान गएको हो ।
उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना २२ प ६५५५ नम्बरको मोटरसाईकल अनियन्त्रित भै सालको दुर्घटना हुँदा कावासोती नगरपालिका वडा नं. ३ का २४ का हेमराज थापा र वडा नं. ८ का वर्ष २६ का सुनील जैसवालको मृत्यु भएको डिएसपी दिलिप गिरीले उज्यालो खबरलाई बताए ।
अनियन्त्रित भै दुर्घटना हुन पुगेको मोटरसाईक सालको रुखमा ठोक्किन पुगेको थियो । दुर्घटनामा परि गम्भिर घाईते भएका उनिहरुको उपचारको क्रममा गएराति १२ वजे मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया