×

नवलपुर विशेष

कोरोना महामारीको मार : चितवनलाई धेरै जिल्लाको भार

कोरोना महामारीको मार : चितवनलाई धेरै जिल्लाको भार
नारायण अधिकारी चितवन । ‘मेडिकल सिटी’ का रुपमा परिचित चितवनले कोरोना महामारीको अहिलेको समयमा २० भन्दा बढी जिल्लाको भार थेग्नु परेको छ । सामान्य अवस्थामा समेत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी उपचार गर्न आउने चितवनले अहिलेको कोरोना महामारीको समयमा पनि यसका सङ्क्रमितको उस्तै भार थेग्नु परेको हो । जिल्लामा केन्द्रीय स्तरको भरतपुर अस्पताल, दुईवटा ठूला मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल, एक आँखा अस्पताल र २४ वटा निजी अस्पताल रहेका छन् । ती अस्पतालमा जिल्लासहित छिमेकी...

नवलपुरमा थप २९ जनामा कोरोना संक्रमण

नवलपुरमा थप २९ जनामा  कोरोना संक्रमण
गैँडाकोट । पूर्वि नवलपरासीमा थप २९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाका देवचुली, कावासोती, मध्यविन्दु र हुप्सेकोटका २९ जनामा कोरोना पुष्टी भएको हो । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा २२ जना र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।पछिल्लो समय नवलपुरमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ ।

पोखरामा ८ जना कोरोना संक्रमितको मृत्यु

पोखरामा  ८ जना कोरोना संक्रमितको मृत्यु
नवलपुर । गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार होमआइसोलेसनमा बसेका तथा पोखराका विभिन्न अस्पतालमा उपचाररत कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका एकरएक जना गरी जम्मा ८ जना संक्रमितको मृत्यु भएको हो ।

नवलपुरमा २२३ जनामा कोरोना संक्रमण, सबैभन्दा बढी गैँडाकोटमा

नवलपुरमा २२३ जनामा कोरोना संक्रमण, सबैभन्दा बढी गैँडाकोटमा
नवलपुर । पूर्वि नवलपरासीमा सत्रदिनको अवधिमा २२३ जनामा कोरोना संक्रमण देखिएको छ । बैशाख १ गतेदेखि १७ गतेसम्म जिल्लामा २२३ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ । कार्यालयका प्रमुख केशव चापाँगाईले कोरोना भाईरस कोभिड १९ का कारण यो विचमा २ जनाले ज्यान गुमाएको र ३ जना निको भएर घर फर्केको जानकारी दिए । जिल्लामा सबैभन्दा वढी गैँडाकोट नगरपालिकामा ६९ जना कोरोना संक्रमित भएका छन ।त्यसैगरी कावासोती नगरपालिकामा ५९, देवचुली नगरपालिकामा ३६, मध...

गैँडाकोटमा थप १८ जनामा कोरोना संक्रमण

गैँडाकोटमा थप १८ जनामा कोरोना संक्रमण
गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा थप १८ जनामा कोरोना संक्रमण भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १,२,४,५,८ र १४ का १८ जनामा कोरोना संक्रमण भएको गैँडाकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले बताए । भरतपुर अस्पतालमा स्वाब दिएका १० जना, विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा स्वाब दिएका १ जना र गैँडाकोट स्वास्थ्य चौकीमा गरिएको एन्टीजेन परिक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए । पछिल्लो समय कोरोना संक्रमितको संख्या गैँडाकोटमा बढ्दै गएपछि सर्तकता अपनाउ...

कोरोना बाट थप ३३ जनाको मृत्यु, ५,७२७ जना संक्रमित

कोरोना बाट थप ३३ जनाको मृत्यु, ५,७२७ जना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।

नवलपुरका थप १७ जनामा कोरोना संक्रमण (हेर्नुस वडा र उमेर सहित)

नवलपुरका थप १७ जनामा कोरोना संक्रमण (हेर्नुस वडा र उमेर सहित)
गैँडाकोट । पूर्वि नवलपरासीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । थप भएका १७ जना देवचुली, कावासोती, मध्यविन्दु र विनयीत्रिवेणीका हुन । मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा १७ जनामा सक्रमण पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । थप भएका १७ जना मध्ये देवचुलीका ४, कावासोतीका ८, मध्यविन्दुका ४ र विनयीत्रिवेणीका १ जना रहेका छन ।

विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण

विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण
गैंडाकोट । गैर आवासीय नेपाली संघ खान्साई क्षेत्रीय समिति जापानद्वारा गैडाकोट- ३ केलादीमा अवस्थित गण्डकी बाल विकास केन्द्रको भवन निर्माणको लागि आर्थिक सहयोग गरिएको छ ।लायन्स क्लब अफ चितवन नवलपुरको संयोजनमा बिहीवार गैंडाकोटमा आयोजित आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य समाजसेवी तुल्सीराम खरेलले ५ लाख ८५ हजार ८ सय ५ को चेक हस्तान्तरण गर्नुभएको हो । लायन्स क्लब अफ चितवन नवलपुरलाई सहयोग रकमको च...

चितवन निकुञ्जमा गैँडा मृत अवस्थामा भेटियो

चितवन निकुञ्जमा गैँडा मृत अवस्थामा भेटियो
नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा फेरी गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको कोर इलाका सुखीभार कम्प्लेक्स बुढी राप्ती क्षेत्रमा ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जमा सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । मृत अवस्थामा भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताउनु भयो । ६९४ गैँडा रहेको चितवन निकुञ्जको सुखीभार क्षेत्रमा सबैभन्दा बढि गैँडा को बसोवास रहेको छ ।आर्थिक वर्ष २०७७,७८ मा ३१ गैडा को मृत्यु भएको र सो मध्ये ...