Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा फेरी गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको कोर इलाका सुखीभार कम्प्लेक्स बुढी राप्ती क्षेत्रमा ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जमा सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

मृत अवस्थामा भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताउनु भयो । ६९४ गैँडा रहेको चितवन निकुञ्जको सुखीभार क्षेत्रमा सबैभन्दा बढि गैँडा को बसोवास रहेको छ ।आर्थिक वर्ष २०७७,७८ मा ३१ गैडा को मृत्यु भएको र सो मध्ये ४ चोरी सिकार र २७ प्राकृतिक कारण मरेको निकुञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया