Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैंडाकोट । गैर आवासीय नेपाली संघ खान्साई क्षेत्रीय समिति जापानद्वारा गैडाकोट- ३ केलादीमा अवस्थित गण्डकी बाल विकास केन्द्रको भवन निर्माणको लागि आर्थिक सहयोग गरिएको छ ।लायन्स क्लब अफ चितवन नवलपुरको संयोजनमा बिहीवार गैंडाकोटमा आयोजित आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य समाजसेवी तुल्सीराम खरेलले ५ लाख ८५ हजार ८ सय ५ को चेक हस्तान्तरण गर्नुभएको हो ।

लायन्स क्लब अफ चितवन नवलपुरलाई सहयोग रकमको चेक हस्तान्तरण गर्दै प्रमुख अतिथि तुल्सीराम खरेलले नेपालमा भएका प्राकृतिक विपत्ति, शिक्षा, स्वास्थ्यको क्षेत्रमा गैर आवासीय नेपालीहरुले सहयोग गरिरहेको जनाउँदै आगामी दिनहरुमा जन्मभूमिको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।कार्यक्रममा गैर आवासीय नेपाली संघ जापानका केन्द्रीय सदस्य समाजसेवी बाबुराम खरेलले जापानमा रहेका नेपालीहरुले जन्मभूमि नेपालका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको जनाउँदै आगामी दिनमा पनि नेपालका समस्या समाधान गर्न सदैव तयार रहेको जानकारी दिनुभयो

लायन्स क्लब अफ चितवन नवलपुरका अध्यक्ष उमाकान्त कंडेलको अध्यक्षतामा सम्पन्न सहयोग रकम हस्तान्तरण कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नं ३ का अध्यक्ष शिवकान्त तिवारी,खान्साइका सहसचिव भुमप्रसाद गैरे लायन कमलप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।सहयोग हस्तान्तरण कार्यक्रममा गैर आवासीय नेपाली संघ जापानबाट रामप्रसाद खरेल, डिलाराम गैरे, विपिन कंडेल,चेतराम गैरे, डिलाराम न्युरेको उपस्थित रहेको थियो ।

 

तपाईको प्रतिक्रिया