Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

गैँडाकोट । पूर्वि नवलपरासीको गैँडाकोटमा थप १८ जनामा कोरोना संक्रमण भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १,२,४,५,८ र १४ का १८ जनामा कोरोना संक्रमण भएको गैँडाकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले बताए ।
भरतपुर अस्पतालमा स्वाब दिएका १० जना, विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा स्वाब दिएका १ जना र गैँडाकोट स्वास्थ्य चौकीमा गरिएको एन्टीजेन परिक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको उनले बताए ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या गैँडाकोटमा बढ्दै गएपछि सर्तकता अपनाउन सर्वसाधरणलाई नगरपालिकाले आग्रह गरेको छ । नगरप्रमुख छत्रराज पौडेलले कोभिड १९ बाट बच्न अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरे ।

तपाईको प्रतिक्रिया