बुटवलमा थप तीनजना काेराेना संक्रमितकाे मृत्यु
बुटवल । रुपन्देहीका थप तीन जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार बिहान मृत्यु भएको हो ।
बुटवल–११ का ३१ वर्षीय पुरुषको बिहान २ः३० बजे, बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ः४५ बजे र मायादेवीकी ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
बुटवल–११ का पुरुषमा वैशाख ८ गते कोरोना संक्रमण...


