Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले जिल्लाको मध्यविन्दुबाट लाखौ मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ । मध्यविन्दु नगरपालिका वडा नं. ७ चोरमारा स्थित शिवमन्दिर नजिक राजमार्ग बाट १३ बोरा अवैध कपडा बरामद गरेको हो ।
कार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी दिलिप कुमार गिरीले १८ लाख ३४ हजार ५ सय मुल्य बराबरको कपडा बरामद गरिएको उज्यालो खबरलाई जानकारी दिए ।
२ हजार ८ सय ६४ पीस टप्स र ४३ पीस सुुटको कपडा बरामद गरिएको उनले बताए । भन्सार छलि अवैध रुपमा नेपाल भित्राइएको समान प्रहरी चेकिङ हुने डरले विचमै छाडेर भागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
बरामद कपडा आबश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा पठाउने तयारी भएको नवलपुर प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया