×

नवलपुर विशेष

बुधवार नवलपुरमा ३ काेराेना संक्रमितकाे मृत्यु : ८२ जनामा संक्रमण पुष्टि

बुधवार नवलपुरमा ३ काेराेना संक्रमितकाे  मृत्यु : ८२ जनामा संक्रमण पुष्टि
गैँडाकोट । नवलपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमाणबाट थप ३ जनाको मृत्यु भएको छ भने थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कावासाेतीका २ जना र देवचुलीका एक जना संक्रमितकाे उपचारकाे क्रममा अस्पतालमा मृत्यु भएकाे हाे । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधवार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधवार थपिएका संक्रमित मध्ये गैंडाकोटमा २१ , देवचुलीमा १५, कावासोतीमा ३० , मध्यविन्दुमा ७ , हुप्सेकोटमा ८ र बुलिङ्टारका ...

लालपूर्जा पाउने आशामा बसेका नवलपुरका ३३ हजार बढी परिवार निराश

लालपूर्जा पाउने आशामा बसेका नवलपुरका ३३ हजार बढी परिवार निराश
कावासोती । पूर्वि नवलपरासी (नवलपुर)मा ३३ हजार ६ सय ३५ परिवारले लालपूर्जा माग गरेका छन् । जिल्लामा रहेको ४ नगरपालिका र ४ गाउँपालिकाबाट भूमिहिन दलित, भूमिहिन सुकुमवासी र अव्यवस्थित बसोबासीहरुले लालपूर्जा माग गरेका हुन् । तर बर्षाै देखी लालपुर्जाको आसमा बसेका परिवार पुनः निरास बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भूमि सम्बन्धी आयोग खारेज गरेपछी लालपुर्जाको आसमा बसेका निरास बनेका हुन् । नवलपुरका सबै स्थानिय तहमा भूमिसम्बन्धी समस्या समाधान आयोग मार्फत धमाधम ...

नवलपुरमा सोमबार थप ७० जनामा कोरोना संक्रमण

नवलपुरमा सोमबार थप ७० जनामा कोरोना संक्रमण
गैँडाकोट । नवलपुरमा सोमबार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा १७ , देवचुलीमा ६, कावासोतीमा ३७ , मध्यविन्दुमा ६ , विनयी त्रिवेणिमा ३ र हुप्सेकोटमा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।सोमबार थपिएका ७७ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८२४ पुगेको जिल्ला स्वास्थ्य कार्...

नारायणीमा हाम फालेर गैडाकोटका एक पुरुष बेपत्ता

नारायणीमा हाम फालेर गैडाकोटका एक पुरुष बेपत्ता
गैंडाकोट । पूर्वि नवलपरासीको गैंडाकोटका एक बृद्ध नारायणी नदीमा हाम फालेर बेपत्ता भएका छन् । गैंडाकोट नगरपालिका वडा नं. १ प्रतिभाटोलका रत्नभुवन श्रेष्ठ नारायणी नदीमा हाम फालेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । ६० वर्षीय श्रेष्ठ आईतबार विहान ५ बजे घरबाट मर्निङवाकको लागि निस्किएकोमा अवेर सम्म घर नआएपछि छोरी प्रशान्ती श्रेष्ठले प्रहरी समक्ष जानकारी गराएकि थिईन् । प्रहरीको सीसीटिभि फुटेजबाट श्रेष्ठ विहान ६ वजेर ३६ मिनेटमा नारायणी नदीमा हाम फालेको देखिए...

कोरोना  रोकथाम र नियन्त्रणमा गम्भिर भएर लाग्न नवलपुर काँग्रेसकाे आग्रह

कोरोना  रोकथाम र नियन्त्रणमा गम्भिर भएर लाग्न नवलपुर काँग्रेसकाे आग्रह
नवलपुर ।  नेपाली काँग्रेस नवलपुरले जिल्लामा पछिल्लो समय फेरी कोभिड संक्रमितहरुको संख्या बढ्न थालेको भन्दै यसको रोकथाम र नियन्त्रणमा गम्भिर भएर लाग्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । जिल्ला सभापति बिष्णुप्रसाद लामिछानेले आईतबार एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै जिल्लामा कोभिड संक्रमितहरुको संख्या बढे संगै मृत्युदर पनि बढ्द गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । “निषेधाज्ञा खुकुलो भएसंगै संक्रमितहरुको संख्यामा बृद्धी हुनु पक्कै पनि शुभसंकेत होईन । नेपाली काँग्रेस सदैव नागर...

कावासोतीमा आयो सुजुकीको नयाँ स्कुटर: ग्यास सिलिन्डर समेत अटाउने

कावासोतीमा आयो सुजुकीको नयाँ स्कुटर: ग्यास सिलिन्डर समेत अटाउने
कावासोती ।नवलपुरकाे कावासोतीमा सुजुकी ब्राण्डको नयाँ स्कुटर आएको छ । आईतबार देखि बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर कावासोती बजारमा आएको हो । कावासोतीको लागी सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता रुबि अटोमोवाइल्सले नयाँ ब्राण्डको बीएस ६ सुजुकी एक्सेस १२५ सुजुकी स्कुटर सार्वजनीक गरेको हो । आईतबार सुजुकीको बहुप्रतीक्षित स्कुटर बीएस ६ सुजुकी एक्सेस १२५ नेपाल पत्रकार महासघं नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुलीले सार्वजनिक गरेका हुन् ।यो स्कुटर भारतीय बजारमा टप ३ मा रह...

नवलपुरमा सक्रिय संक्रमितको संख्या हजार नजिक : कडा लकडाउन गर्ने प्रशासनको तयारी

नवलपुरमा सक्रिय संक्रमितको संख्या हजार नजिक : कडा लकडाउन गर्ने प्रशासनको तयारी
सुस्मा न्यौपाने नवलपुर । नवलपरासी (पूर्व)मा कोरोना संक्रमितको संख्या एक हजारको नजिक पुगेको छ । जिल्लामा जारी निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा संक्रमितको संख्या दिनानुदिन बढ्दै गैरहेको हो ।शनिवार विहानसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ८९६ पुगेको छ । जिल्लाका ८ स्थानीय तहहरुमध्ये सबैभन्दा बढि कावासोती नगरपालिकामा संक्रमितको संख्या तिव्र रुपमा बढ्दै गएको छ । कावासोती नगरपालिकामा हाल ३५१ जना सकृय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्याल...

चितवनकाे नहर चोकमा खुल्यो ‘द पानीपुरी स्टेशन’

चितवनकाे  नहर चोकमा खुल्यो ‘द पानीपुरी स्टेशन’
चितवन । सधै एकै किसिमका पानीपुरी खाइरहेका पारखीहरुका लागि भरतपुरमा नयाँ स्वादको पानीपुरी व्यवसाय संचालनमा आएको छ । भरतपुर महानगरपालिका–१०, नहरचोकमा विभिन्न भेरायटीको ‘द पानीपुरी स्टेसन’ सन्चालनमा आएको हो। दुई युवाहरु मिलेर नयाँ प्रविधिसहितको पानीपुरी व्यवसाय संचालनमा ल्याएका हुन् । यहाँ सादा र चिकेन गरी दुई थरीका पानीपुरी विभिन्न पानीको स्वादमा खान पाइन्छ । छुट्टाछुट्ट्रै व्यवसाय गर्दै आइरहेका युवाहरु विजय विक्रम थापा र विवेक गौतमले संयुक्त रुपमा ‘द पानीपुरी स्टेसन’ स...

नवलपुरमा विहिवार थप ९६ जनामा कोरोना संक्रमण

नवलपुरमा विहिवार थप ९६ जनामा कोरोना संक्रमण
सुस्मा न्यौपाने गैँडाकोट । कोरोना संक्रमित तिव्र दरमा बढ्दै गैरहेका जिल्लाको सूचिमा रहेको नवलपरासी (पूर्व) मा आजमात्रै थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सबैभन्दा बढि जिल्लाको देवचुली नगरपालिकामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी कावासोती नगरपालिकामा २९ र गैँडाकोट नगरपालिकामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा विनयीत्रिवेणी गाउँपालिकामा १० जना, हुप्सेकोट गाउँपालिकामा ५ जना र मध्यविन्दु नगरपालिकाम...