×

नवलपुर ।  नेपाली काँग्रेस नवलपुरले जिल्लामा पछिल्लो समय फेरी कोभिड संक्रमितहरुको संख्या बढ्न थालेको भन्दै यसको रोकथाम र नियन्त्रणमा गम्भिर भएर लाग्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । जिल्ला सभापति बिष्णुप्रसाद लामिछानेले आईतबार एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै जिल्लामा कोभिड संक्रमितहरुको संख्या बढे संगै मृत्युदर पनि बढ्द गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

“निषेधाज्ञा खुकुलो भएसंगै संक्रमितहरुको संख्यामा बृद्धी हुनु पक्कै पनि शुभसंकेत होईन । नेपाली काँग्रेस सदैव नागरिकहरुको स्वास्थ्य प्रति गम्भिर छ । सम्वन्धित सरोकारवाला निकायहरुलाइ यस बिषयमा गम्भिर हुन र कोभिड नियन्त्रण तथा रोकथामका लागि अहोरात्र खट्न हामी हार्दीक अपिल गर्दछौं ।” लामिछानेद्धारा बिज्ञप्तिमा भनिएको छ । काँग्रेसले कोभिड रोकथाम र नियन्त्रणका हरेक सवालमा सघाउन सदैव तयार रहेको उल्लेख गरेको छ ।

नवलपुर काँग्रेसले कोभिड रोकथाम तथा नियन्त्रणको सन्र्दभमा खट्न , जनचेतनामुक कार्यक्रमहरु संचालन गर्न तथा संक्रमितहरुको हौसला बढाउने कार्यमा जुट्न सम्पुर्ण पार्टी , भातृ तथा शुभेच्छुक संघसस्थाका सबै समितिहरुलाई बिज्ञप्ति मार्फत् निर्देशन पनि दिएको छ । काँग्रेसले बिज्ञप्ति मार्फत् सर्वसाधारणलाई अपिल गर्दै भनेको छ,“कोभिड महामारीको समयमा स्वास्थ्य सुरक्षाका सबै उपायहरु अवलम्वन गर्न , मास्क लगाउन , भौतिक दुरी कायम गर्न , स्यानीटाईजर वा सावुन पानीको नियमित प्रयोग गर्र्न र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन नेपाली काँग्रेस नवलपुर आम सर्वसाधारणमा अपिल गर्दछ ।”

तपाईको प्रतिक्रिया