चितवन । सधै एकै किसिमका पानीपुरी खाइरहेका पारखीहरुका लागि भरतपुरमा नयाँ स्वादको पानीपुरी व्यवसाय संचालनमा आएको छ ।

भरतपुर महानगरपालिका–१०, नहरचोकमा विभिन्न भेरायटीको ‘द पानीपुरी स्टेसन’ सन्चालनमा आएको हो। दुई युवाहरु मिलेर नयाँ प्रविधिसहितको पानीपुरी व्यवसाय संचालनमा ल्याएका हुन् । यहाँ सादा र चिकेन गरी दुई थरीका पानीपुरी विभिन्न पानीको स्वादमा खान पाइन्छ ।


छुट्टाछुट्ट्रै व्यवसाय गर्दै आइरहेका युवाहरु विजय विक्रम थापा र विवेक गौतमले संयुक्त रुपमा ‘द पानीपुरी स्टेसन’ संचालनमा ल्याएका हुन् । यस पानीपुरी स्टेशन सेल्फ सर्भिस हो । ग्राहकले आफूलाई मन परेको पाँच वटै भेरायटीको पानीपुरीको मज्जा लिन पाउने छन् । यस मेसिन भारतबाट खरिद गरेर ल्याइएको संचालक विजय विक्रम थापाले बताए । उनले नयाँ प्रविधिबाट पानीपुरीको स्वाद लिन पाइने भएकाले ग्राहकको आकर्षण बढेको बताए ।

यस्तै अर्का संचालक विवेक गौतमले ग्राहकलाई गुणस्तरी पानीपुरी प्रदान गर्नेमा प्रतिवद्ध रहेको बताए ।पानीपुरी स्टेशनमा चटपट, आइसक्रिम र पपकर्न समेत राखिएको छ । यस्तै नयाँ प्रकारको फायर पुरीको समेत व्यवस्था छ

तपाईको प्रतिक्रिया