सुस्मा न्यौपाने
गैँडाकोट । कोरोना संक्रमित तिव्र दरमा बढ्दै गैरहेका जिल्लाको सूचिमा रहेको नवलपरासी (पूर्व) मा आजमात्रै थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सबैभन्दा बढि जिल्लाको देवचुली नगरपालिकामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी कावासोती नगरपालिकामा २९ र गैँडाकोट नगरपालिकामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा विनयीत्रिवेणी गाउँपालिकामा १० जना, हुप्सेकोट गाउँपालिकामा ५ जना र मध्यविन्दु नगरपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्लामा निषेधाज्ञा जारी रहेको भएपछि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा कोरोना संक्रमित हुनेहरुको संख्या दिनानुदिन बढ्दै गैरहेको छ । सरकारी कार्यालय, खोपकेन्द्रहरु, सार्वजनिक यातायात,  शिव मन्दिरहरु लगायतमा सर्वसाधरणहरुको बाक्लो  उपस्थिति हुने गरेकाे छ ।

तपाईको प्रतिक्रिया