नवलपुरमा निषेधाज्ञा हट्यो : विद्यालयहरु खोल्ने जिम्मा स्थानीय तहलाई
नवलपुर । नवलपरासी (पूर्व)मा लगाईदै आएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी(पूर्व)ले जिल्लामा लगाउदै आएको निषेधाज्ञा आजैका दिनदेखि हटेको जनाएको हो ।जिल्लामा कोरोना भाईरसको संक्रमण कम भएको भन्दै निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीद्धारा जारी सूचनामा उल्लेख छ ।
भाद्र ३० गतेसम्म कायम गरिएको निषेधाज्ञा हटाएर जिल्लालाई पहिलेकै अवस्थामा फर्काइएको सूचनामा उल्लेख छ ।सार्वजनिक यातायात, मठ मन्दिर, कलकारखानामा स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासन...


