गैँडाकोटमा बस र ट्रक ठक्कर खाँदा ३ जनाको मृत्यु
सुस्मा न्याैपाने
गैँडाकोट । नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपशमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २४ जना घाईते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नं.को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं.को ट्रक एकआपसमा ठक्कर खाई बस सडक देखि १० फिट तल खस्न जाँदा ३ जनाको मृत्यु भएको र २४ जना घाईते भएको प्रहरीले जनाएको छ ।
विहान ४ वजे भएको सो दुर्घटनामा परि २ जना महिला र एक...


