नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपरासी स्थित दाउन्नेमा गएको पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।
विहान सवा ५ वजे दाउन्नेको खुसार्नी खोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी –पश्चिम) ले जनाएको छ ।
पहिरो खसेपछि पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेका सवारीसाधनहरु बर्दघाट र पूर्वबाट पश्चिम तर्फ जादै गरेका सवारीसाधनहरु दुम्किबासमा रोकिएका छन् ।
पहिरो खसेको स्थानमा अहिलेपनि लगातार वर्षा भैरहेकोले सडक खुलाउका लागि काम सुरु हुन सकेको छैन । लगातार वर्षा भैरेहेको खण्डमा पहिरो हटाएर सडक खुलाउन लामै सक्ने लाग्ने डिएसपी राजु लमाले उज्यालो खबरलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया