नवलपुर । पूर्वि नवलपरासीको गैँडाकोटमा करिव ६ करोडकाे लगानीमा ”किसान मार्ट” सञ्चालनमा आउने भएको छ । गैँडाकोट नगरपालिका वडा नं।४ मा रहेको गैँडाकोट एग्रो मार्ट परिसरभित्र किसान मार्ट सञ्चालनमा आउन लागेको हो । किसान बचत तथा ऋण सहकारी संस्थाले प्रर्वद्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनुभयो ।

शनिवार बिहान  ८ वजे गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले एक कार्यक्रमका विच किसान मार्टको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । भाेलि ‌उद्द्घाटनकाे कार्यक्रम तय भएपनि भाद्र १६ गतेदेखि नै सेवा सुभारम्भ गरिसकिएकाे छ । मुख्य गरी गैँडाकोट नगरपालिका वडा नं। १,२,३ र ४ तथा अन्य वडा समेतका नगरवासीहरुको सुविधालाई ध्यानमा राखि किसान मार्ट सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । मार्टमा स्थानीयहरुले दैनिक उपभोग्य बस्तुहरु सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

दशैतिहार सम्म चारवटा चारवटा आउटलेट 

आगामी दशै तिहारसम्म किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले गैँडाकोट नगरपालिका भित्र चारवटा मार्ट सञ्चालनको तयारी गरेको छ ।गैँडाकोट नगरपालिका वडा नं। ४ झपर्दीमा किसान मार्टको पहिलो शाखा सञ्चालनको तयारी गरेको किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले गैँडाकोट नगरपालिका वडा नं। ८ नगरपालिका कार्यालय अगाडी दोस्रो मार्ट सञ्चालन गर्ने योजना अनुरुप भवन निर्माणको काम अगाडी बढाएको छ ।गैँडाकोट नगरपालिका वडा नं ११ को हर्कपुर चोकमा तेस्रो र वडा न‌‍‌‌ १० को भेडाबारी चोकमा चौथो शाखाको रुपमा किसान मार्ट सञ्चालनको योजना रहेको किसान उपभोक्ता सहकारी संस्थाका अध्यक्ष तिलक पराजुलीले बताउनुभयो ।

स्थानीय उत्पादनको प्रर्वद्धन मुख्य लक्ष्य

किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने किसान मार्टले स्थानीयहरुले उत्पादन गरेको वस्तु तथा सेवाको प्रर्वद्धन गर्ने मुख्य लक्ष्य लिएको छ ।किसान मार्टको प्रर्वद्धक संस्था किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले स्थानीयले उत्पादन गरेका वस्तु तथा सेवाहरु किसान मार्ट मार्फत आगामी दिनमा बिक्री वितरण गर्ने योजना रहेको जानकारी दिनुभयो । महिला उधमीहरुले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण र अर्गानिक खाद्यवस्तुहरुको प्याकेजिङ गर्ने योजना समेत रहेको चालिसेले बताउनुभयो ।

किसानले उत्पादन गरेका वस्तुु तथा सेवाको सहजरुपमा बजारीकरण र सहुलियत दरमा उपभोक्ताहरुलाई विक्रि वितरण गर्नुनै मार्टको आगामी लक्ष्य रहेको चालिसेले बताउनुभयो ।अदुवा बेसार, दाल, चामल लगायतका खाद्यान्न सामाग्रीलाई प्याकेजिङ गरि गुणस्तर कायम हुने गरि मार्ट मार्फत उपलव्ध गराउने आगामी योजना छ । त्यसैगरी २ वर्षभित्र किसान ब्राण्डको शुद्ध खाने तेल उत्पादन गरि उपभोक्ता माझ लैजाने समेत योजना रहेको किसान मार्टका ब्यवस्थापक सिजन पराजुलीले बताउनु भयो ।

स्थानीय स्तरमा रोजगारी सृजना

किसान मार्टमा हाल ११ जनाले प्रत्यक्ष रुपमा रोजगारीको अवशर पाएका छन् । भाद्र १६ गतेदेखि सन्चालन हुने किसान मार्टमा हाल ११ जना कर्मचारीहरु कार्यरत रहेका छन् । आगामी दिनमा अन्य स्थानमा विस्तार हुने किसान मार्टमा अन्य थुप्रै स्थानीयहरुले रोजगारी पाउन सक्नेछन्। कम मुनाफा र सेवा भावले सञ्चालनको तयारीमा रहेको किसान मार्टको मुख्य स्लोगन लभ टु सर्भ  छ ।

 

तपाईको प्रतिक्रिया