गैँडाकोट । नारायणी नदीले बगाँउदा नवलपुरमा एक जना बृद्धको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ११ स्थायी घर भएका ९१ वर्षका देवीराम आर्चायको नदीले बगाएर आज मृत्यु भएको हो ।
गैँडाकोट नगरपालिका वडा नं. २ स्थित आफ्नै भान्जाको घरमा केहि समयदेखि बस्दै आएका आचार्य विहान नदीमा जल चढाउन भन्दै पुगेका थिए ।
विहान ११ वजेतिर नदीले बगाएर केहि तल पुराएको र तत्कालै उद्धार गरिएको भएपनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । बृद्धको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।

तपाईको प्रतिक्रिया