नारायणी माध्यमिक विद्यालयका बालबालिकालाई पाठ्यपुस्तक स्टेशनरी सहयाेग
नवलपुर । गैंडाकोट नगरपालिका वडा नं १ घर भई हाल अष्ट्रेलिया निवासी विवेक कंडेलले नारायणी माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरिव तथा विपन्न परिवारका बालबालिकाहरुलाई अतिरिक्त पाठ्यपुस्तक तथा स्टेशनरी सामाग्री वितरण गर्नुभएको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि विवेक कंडेलका पिता प्रमानन्द कंडेल र माता कमला कंडेलले अति गरिव विपन्न २५ जना विद्यार्थीहरुलाई चौविस हजार बराबरको पाठ्यपुस्तक तथा स्टेशनरी प्रदान गर्नभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प...


