गैँडाकोट । नवलपुरमा कोरोना संक्रमणको दर बढ्दै गएको शनिवार थप ५२ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।एन्टीजेन तथा पीसीआर परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ ।

संक्रमित मध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा मात्रै ३२ जना रहेका छन् । त्यसैगरी गैँडाकोट नगरपालिकामा ९, मध्यविन्दु नगरपालिकामा ६, देवचुली नगरपालिकामा ३ जना, विनयीत्रिवेणी गाउँपालिकामा १ जना र निजि अस्पतालमा गरिएको परिक्षणका क्रममा १ जनामा संक्रमण देखिएको हो । नवलपुरमा यो सँगै सकृय संक्रमितको संख्या २१३ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया