गैँडाकोट । कोरोना भाईरस (कोभिड १९) को संक्रमण दर बढ्दै गएपछि गैँडाकोट नगरपालिकाले माघ ३ गते एकैपटक १० स्थानबाट खोप लगाउने भएको छ ।हालसम्म कुनैपनि खोप नलगाएका स्थानीयहरुका लागि नगरपालिकाले खोप लगाउन लागेको गैँडाकोट नगरपालिकाका जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले जानकारी दिनुभयो ।
”हालसम्म कुनैपनि खोप नलगाएका (नयाँ) हरुका लागि माघ ३ गते खोप लगाउने कार्यक्रम भएकोले खोप कार्यक्रममा सहभागि हुन सबैलाई आग्रह गर्छु” पौडेलले उज्यालो खबरसँगको कुराकानीमा भन्नुभयो ।
१८ वर्ष उमेर पुरा भएका र हालसम्म कोभिड विरुद्धको खोप नलगाएकाले नगरपालिकाले तोकेको स्थानमा पुगि खोप लगाउन सक्ने गैँडाकोट नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ । बिहीबार गैँडाकोट नगरपालिकामा अत्याधिक भिड हुुदा शुक्रबारका लागि राखिएको खोप समेत सकिएको थियो ।