नवलपुर । हुप्सेकोट गाउंपालिकाको नवौं गाउसभा शुक्रवारदेखि सुरु भएको छ । नवौं गाउसभामा तीन वटा विद्येयक प्रस्तुत गर्दै थप अध्ययनका लागि बैठक स्थगित गरिएको हो । गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डेले हुप्सेकोट गाउंपालिकाको भुमि विद्येयक २०७८, हुप्सेकोट गाउंपालिकाको खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७८ र हुप्सेकोट गाउंपालिकाको वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न वनेको विद्येयक २०७८ गाउसभा समक्ष प्रस्तुत गर्दै थप अध्ययनका लागि बैठक स्थगित गरिएको घोषणा गर्नु भएको थियो ।
गाउसंभाको बैठक प्रारम्भ गर्दै गाउपालिका अध्यक्ष पाण्डेले चालु आर्थिक वर्षमा भएको प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो । कोरोना महामारि र वाढि पहिरोको कारणले लक्ष अनुसारको उपलव्धी हासिल गर्न नसकिएको वताउदै अध्यक्ष पाण्डेले विकाशका सुचकहरु प्रगति उन्मुख रहेको वताउनु भयो । पुजिगत खर्च सन्तोषजनक रहेको र सस्थागत विकाशका क्षेत्रमा पनि सुधार भएको वताउनु भयो ।
त्यसैगरी गाउसभामा वोल्दै हुप्सेकोट गाउपालिका वडा नम्वर २ का वडा अध्यक्ष पदम वहादुर पौडेलले विमानस्थल निर्माणका लागि आवश्यक जमिन प्रवन्धका लागि पहल गर्न अनुरोध गर्नु भएको थियो । मध्यविन्दु नगरपालिकाको वडा नम्वर ९ र हुप्सेकोट गाउपालिकाको वडा नम्वर २ क्षेत्रमा रहेको खालि जमिनमा राष्ट्रिय विमानस्थल निर्माणका लागि जिल्ला सभाले गरेको प्रस्तावलाई अगाडि वढाउन आवश्यक पहल गर्न सभा समक्ष आग्रह गर्नु भयो । त्यसैगरी हुप्सेकोट गाउपालिका वडा नम्वर ४ का वडा अध्यक्ष रोशन थापाले खोलाजन्य पदार्थको व्यवस्थापन समयमै हुन नसके आगामि आर्थिक वर्षमा पनि वाढि पहिरोको जोखिम उच्च हुने वताउनु भयो ।
खेतियोग्य जमिन देखि माथि खोलाको क्षेत्र पुगेकाले तेसको व्यवस्थापनका लागि उचित पहल गर्न आग्रह गर्नु भएको थियो । गाउसभामा गाउपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल ठकुरी , प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बस्याल सहित वडा अध्यक्षहरु , वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।