
गैँडाकोट । नवलपुरको गैडाँकोटमा ७२ वर्षीया वृद्धामाथी गएराति चक्कु प्रहार भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १ स्थित नेराश मावि नजिकै स्थानीय ७२ वर्षीया रिमाकला भट्टराई माथी चक्कु प्रहार नवलपुर प्रहरीले जनाएको छ ।
गएराति १० वजे आफ्नै घरमा सुतिरहेको बेला उनिमाथी चक्कु प्रहार भएको हो । गरहगना तथा घरका अन्य सरसमानहरु लुटपाट गर्ने उदेश्यले बृद्धामाथी चक्कु प्रहार भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
कोठामा सुतिरहेको बेला घाटी दवाएर चक्कु प्रहार गर्दा चिउडो अनुहार र आँखामा चोट लागेको प्रहरीले जनाएको छ। घाईते बृद्धाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको र आक्रमणकारीको खोजिकार्य भैरहेको प्रहरीले जनाएको छ ।