गैँडाकोट नगरपालिकाको नक्सा शाखाका कर्मचारी संक्रमित भएपछि एकहप्ताका लागि सेवा बन्द
नवलपुर । कोरोना भाईरस कोभिड १९ का कारण गैँडाकोट नगरपालिकाको सेवा प्रवाह प्रभावित भएको छ । नक्सा शाखामा कार्यरत कर्मचारीहरुमा कोभिड १९ संक्रमण भएपछि सो शाखाको सेवा प्रभावित भएको नगरपालिकाले जनाएको छ।आज एक सार्वजनिक सूचना जारी गर्दै गैँडाकोट नगरपालिका कार्यालयले घरनक्सा तथा अभिलेखिकरण शाखाबाट हुने सेवा एकसाताका लागि बन्द गरिएको जनाएको छ ।
प्रमुख प्रशाासकीय अधिकृत छविलाल सुवेदीद्धारा जारी सूचनामा कोभिड संक्रमित कर्मचारीहरु एकसाताका लागि होम आईसोलेनमा बस्नुपरेकोले आजैका मितिदे...


