गैँडाकोट । नवलपुरमा कोरोना संक्रमणको दर बढ्दै गएको साेमबार थप ४७ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्व ले जनाएको छ ।एन्टीजेन तथा पीसीआर परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ ।

संक्रमित मध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा मात्रै २४ जना रहेका छन् । त्यसैगरी गैँडाकोट नगरपालिकामा १२, मध्यविन्दु नगरपालिकामा ४, देवचुली नगरपालिकामा ४ जना, विनयीत्रिवेणी गाउँपालिकामा १ जना, हुफसेकाेट गाउँपािलकामा १ जना   र निजि अस्पतालमा गरिएको परिक्षणका क्रममा १ जनामा संक्रमण देखिएको हो । नवलपुरमा यो सँगै सकृय संक्रमितको संख्या २६० पुगेको छ ।

तपाईको प्रतिक्रिया