नवलपुर । पूर्वी नवलपरासीमा घरको आँगनमा लडेर एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । प्रहरी चौकी बुलिङ्गटारका अनुसार बुलिङटार गाउँपालिका ६ नयाँ बस्ती बस्ने बर्ष ७६ को कर्ण बहादुर सुनार विकको आफ्नै घरको आँगनबाट अन्दाजी ३ फिट तल खसेर मृत्यु भएको हो ।

उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया