गैँडाकोट । जबरजस्ती करणी गरेको आरोपमा नवलपुरमा एक युवक पक्राउ परेका छन् । जिल्लाको कावासोती नगरपालिका वडा नं. २ बस्ने बर्ष २४ कका बिमल कंडेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
पौष १७ गते कावासोती नगरपालिका वडा नं. ८ मा रहेको पवन होटलमा कंडेलले १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पिडितले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दिलिप कुमार गिरीले पक्राउ परेका उनिमाथी मुलुकी फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १८ करणी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया