गैँडाकोट नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतमा रिजाल
नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम रिजाल आउनुभएकाे छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि रिजाल यहाँ आउनुभएकाे हाे ।
उहाँलाई नगरप्रमुख छत्रराज पौडेल, वडाअध्यक्षहरु नवराज कडेँल, प्रेम प्रसाद सापकोटा लगायतले स्वागत गर्नुभयाे । लाेकसेवा आयाेगमा कार्यरत रहनुभएका रिजालसँग पर्वतकाे फलेवास नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे रुपमा सेवा गरेकाे अनुभव छ ।
नगरकार्यपाल...


