आकृति-स्वीकृती ब्युटी ट्रेनिङ सेन्टरको आयोजनामा रसियन हेयर स्टाईल तालिम सुरु
गैँडाकोट । आकृतिस्वीकृती ब्युटी ट्रेनिङ सेन्टर गैँडाकोटको आयोजनामा वाटर प्रुफ मेकअप र रसियन हेयर स्टाईल तालिम आजदेखि भरतपुरमा सुरु भएको छ ।भरतपुरको होटल सीएमटीमा आजदेखि सुरु भएको सो तालिम आठदिनसम्म चल्ने आकृतिस्वीकृती ब्युटी ट्रेनिङ सेन्टरका सञ्चालक लक्ष्मी पोखरेलले बताउनुभयो ।
चितवन र नवलपुरका १७ जना ब्यूटीसियनहरु सहभागी सो तालिममा सातदिनसम्म रसिएन हेयरस्टाईल र एकदिन वाटरप्रुफ मेकअप सम्बन्धी तालिम दिइने छ ।लामो समयदेखि ब्युटी पार्लर व्यवसाय सञ्चालन गरेर बसेका महिलाहरुका ल...


