गैँडाकोट वडा नं.५ द्धारा सिलाई मेसिन हस्तान्तरण
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ५ले आयआर्जनमा टेवा पुगोस भन्ने उदेश्यले वडाका तीनजना महिलाहरुलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ ।वडाबाट विनियोजित बजेटबाट तीनजना महिलाहरुलाई सिलाई मेसिन सहयोग सहयोग गरिएको हो ।
स्थानीय शोभा नेपाली, पार्वती सुनार र संगिता सुनारलाई वडा अध्यक्ष नवराज कंडेलले सिलाई सेसिन हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष कंडेलले वडाले उपलव्ध गराएको सिलाई मेसिन मार्फत आयआजर्न बढाउन आग्रह गर्नुभयो ।उहाँले सिप भएर पनि मेसिनको अभावमा ब...


