×

सुस्मा न्यौपाने
नवलपुर । नवलपुरमा म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । स्थानीय तहको निर्वाचन–२०७९ लाई लक्षित गर्दै नवलपुरमा म्यादी प्रहरीको भर्ना प्रकृया थालिएको हो । जिल्ला प्रहरी कार्यालय नवलरासी(पूर्व)ले वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीका लागि दरखास्त दिन आब्हान गरेको छ ।

सरकारले देशभरबाट म्यादी प्रहरीको भर्ना माग गरेको र नवलपुरमा मात्रै एकहजार ३० जनाको लागि आवेदन खुल्ला गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता डिएसपी दिलिप कुमार गिरीले उज्यालो खबरलाई जानकारी दिए । उनका अनुसार चैत ६ गतेदेखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर दरखास्त दिन सकिनेछ ।

म्यादी प्रहरीका लागि १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरीकले नि:शुल्क रूपमा दरखास्त बुझाउन सक्नेछन् । दरखास्त दिन आउँदा नेपाली नागरिकताको प्रतिलिपि र ४ थान पासपोर्ट साईजको फोटो लिएर आउन समेत गिरिले आग्रह गरे । नेपाल सरकारले छनोट गर्ने छनोट प्रक्रियामा विशेष गरी पूर्व नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेनालाई प्रथमिकता दिइने छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००,पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया