नवलपुर । नेकपा एमाले नवलपुरका जिल्ला सदस्य गोपाल प्रसाद गौतमले आगामी बैसाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिकाको मेयर पदमा उमेदवारी दिने घोषणा गर्नुभएको छ ।गैँडाकोटमा आज अपरान्ह सञ्चारकर्मीसँग छलफल गर्दै नेता गौतमले स्थानीय तहको निर्वाचनमा आफुले प्रष्ट योजना सहित मेयर पदमा उमेदवारी दिने तयारी गरेको बताउनुभएको हो ।
विगतको समिक्षा गर्दै आगामी दिनहरुमा सुधार गर्नु महत्वपूर्ण पक्ष भएको भन्दै नेता गौतमले पर्यटकिय र ऐतिहाँसिक महत्व बोकेको गैँडाकोट नगरपालिकालाई उत्कृष्ट बनाउन आफुले गैँडाकोट नगरपालिकाको नगरप्रमुख पदमा उमेदवारी दिने खुलासा गर्नुभयो ।
सबैकुराको समाधान गर्नका लागि आफुसँग प्रष्ट भिजन भएको भन्दै उहाँले पार्टि नेतृत्वले उचित निर्णय गर्ने समेत विश्वास ब्यक्त गर्नुभयो ।
२०३६सालदेखि बामपन्थी आन्दोलन सँग नजिक रहेका उहाँ अखिल भारत नेपाल प्रवासी युनियनमा केहि वर्ष काम गरि २०४१सालमा पीएन क्याम्पस पोखराबाट अखिलको प्रारम्भिक कमिटी हुँदै राजनैतिक यात्रा सुरु गर्नुभएको थियो ।
उहाँ नेपाल निजामती कर्मचारी संगठन चितवनकाे काेषाध्यक्ष, लगातार चार पटक केन्द्रीय प्रतिनिधी का साथै तत्कालिन नारायणी अंचल सचिव (२ पटक) भएर काम गरिसक्नु भएकाे छ । त्यसैगरी गाेर्खा जिल्लाबाटकेन्द्रीय प्रतिनिधी र नेपाल निजामती कर्मचारी सगठनकाे नवाै राष्टिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भै नवलपुर र धादिङ्ग जिल्ला ईन्चाज भै काम गरेकाे अनुभव गाैतम सँग छ ।नवलपुर जिल्लाकाे किसान बचत तथा ऋण सहकारी संस्थाकाे चार कार्यकाल अध्यक्ष भएर काम गर्नु भएका उहाँसग सहकारी क्षेत्रकाे लामाे अनुभव समेत छ ।
हाल नेकपा एमाले नवलपुरका सदस्य समेत रहनुभएका नेता गौतम सहकारी विभाग प्रमुखका साथै गैँडाकोट वडा नं. ८ र ९ को ईन्चार्जको भूमिकामा समेत हुनुहुन्छ ।३० वर्ष लामो निजामति सेवाको सिकाईले प्रशासन सञ्चालन र कर्मचारी परिचालनमा दख्खल राख्ने क्षमताका गौतमले मेयर पदमा उमेदवारी दिने घोषणा गरेसँगै नया खालको तरंग सृजना भएको छ ।
यसअघि सार्वजनिक रुपमै हालका मेयर छत्रराज पाैडेलले पार्टीले टिकट दिए मेयरमा दाेहाेरिने ईच्छा राखिसक्नु भएकाे छ भने नेकपा एमालेका नेता यमुनाथ आचार्य र नगर अध्यक्ष षडानन्द लामिछानेले समेत चाहना राखेकाे एमाले स्राेतले बताएकाे छ ।



उज्यालो खबर




