×

नवलपुर विशेष

गैँडाकोट मेयरकपमा आज कोशी–सुदूरपश्चिम भिड्दै

गैँडाकोट मेयरकपमा आज कोशी–सुदूरपश्चिम भिड्दै
गैँडाकोट- नवलपुरको गैँडाकोट यतिबेला क्रिकेटको उत्साहले गुञ्जायमान बनेको छ। जारी गैँडाकोट मेयरकप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश बीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। खेल बिहान १० बजेपछि सुरु हुनेछ। शनिबार सम्पन्न खेलहरूमा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी हुँदै उपाधि यात्रालाई बलियो बनाएका छन्। जिल्लाकै सबैभन्दा ठूलो धनराशिको राष्ट्रिय टी–ट्वान्टी प्रतियोगितामा सातै प्रदेशका टोली र आयोजक गरी आठ टिमको सहभागित...

नेपाल शिक्षक संघ गैंडाकोट नगर अध्यक्षमा रिमाल निर्वाचित

नेपाल शिक्षक संघ गैंडाकोट नगर अध्यक्षमा रिमाल निर्वाचित
नवलपुर। नेपाल शिक्षक संघको सातौं प्रतिनिधि सभा तथा तेस्रो अधिवेशनले गैंडाकोटमा नयाँ नेतृत्व चयन गरेको छ। शनिबार गैंडाकोटस्थित जनक नमुना माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न अधिवेशनले शिक्षकहरूबीच नयाँ ऊर्जा र उत्साह थपेको छ। नारायणी माध्यमिक विद्यालयका शिक्षक गोविन्द रिमालको अध्यक्षतामा सम्पन्न अधिवेशनले नेपाल शिक्षक संघ गैंडाकोट नगर समितिको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नयाँ समितिको उपाध्यक्षमा दीपक लुइँटेल, महिला उपाध्यक्षमा यमकुमारी रेग्मी र सचिवमा दीपक ढुङ्गाना...

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता : लुम्बिनी र मधेश विजयी

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता : लुम्बिनी र मधेश विजयी
नवलपुर- गैँडाकोट–९ स्थित नवजागरण खेलकुद मैदानमा जारी प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न दुई खेलमा लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी भएका छन्। पहिलो खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि सात विकेटको जित दर्ता गर्‍यो। बागमतीले प्रस्तुत गरेको १०४ रनको लक्ष्य लुम्बिनीले १२.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १०३ रन बनाएको थियो। बागमतीका लागि उत्तम थापा मगरले ४२ बलमा ३८ रन बनाए।...

गैँडाकोटमा जारी मेयरकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै

गैँडाकोटमा जारी मेयरकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै
गैँडाकोट- नवलपुरको गैँडाकोटमा जारी गैँडाकोट मेयरकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन्। नवजागरण खेल मैदानमा बिहान १० बजे लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १ बजे मधेश प्रदेश र गण्डकी प्रदेश आमनेसामने हुने तालिका रहेको आयोजकले जनाएको छ। यसअघि हिजो सम्पन्न उद्घाटन खेलमा मेयर इलेभेन विजयी भएको थियो। कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै आयोजक टोलीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो। प्रतियोगिताबारे नवजागरण ग्रामीण वि...

रास्वपाबाट फर्किएपछि करुणासागरको स्पष्ट लाइन: झुक्याएर होइन, बहस गरेर जितौं

रास्वपाबाट फर्किएपछि करुणासागरको स्पष्ट लाइन: झुक्याएर होइन, बहस गरेर जितौं
नवलपुर - राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी पुनः नेपाली कांग्रेसमा फर्किएका करुणासागरले सुसंस्कृत राजनीति, सुशासन र भ्रष्टाचारमुक्त समाजको नारामा व्यवहारिक इमानदारी आवश्यक रहेको बताएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नवलपुर–१ का मतदातामाझ भ्रामक आरोप र झुटा प्रचार फैलाइएकोप्रति असन्तुष्टि जनाए। बाहिरबाट नेता बोलाएर सडक र चोकचौराहामा भ्रम सिर्जना गर्ने प्रयास भएको उल्लेख गर्दै उनले यस्तो अभ्यासले सुसंस्कृत राजनीतिको आधार कमजोर बनाउने बताए। ...

नवलपुरमा फागुन ४ गते गतेदेखि एचपीभी खोप अभियान सुरु हुने

नवलपुरमा फागुन ४ गते गतेदेखि एचपीभी खोप अभियान सुरु हुने
नवलपुरमा किशोरीहरूको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै फागुन ४ गतेदेखि ह्युमन पापिलोमा भाइरस (एचपीभी) विरुद्धको निःशुल्क खोप अभियान सुरु हुनेभएको छ । कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई लक्षित गरी अभियान सञ्चालनमा ल्याइएको हो। प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईँ का अनुसार जिल्लाका आठवटै पालिकाभित्र रहेका सामुदायिक तथा निजी विद्यालयमै पुगेर खोप लगाइने व्यवस्था मिलाइएको छ। अभियानअन्तर्गत विद्यालय जा...

गैँडाकोटमा आजदेखि क्रिकेटको महाउत्सव: पाँचौँ मेयरकप राष्ट्रिय टी–ट्वान्टी प्रतियोगिता सुरुहुँदै

गैँडाकोटमा आजदेखि क्रिकेटको महाउत्सव: पाँचौँ मेयरकप राष्ट्रिय टी–ट्वान्टी प्रतियोगिता सुरुहुँदै
गैँडाकोट- गैँडाकोट आजदेखि राष्ट्रिय क्रिकेटको केन्द्र बनेको छ। सर्वाधिक पुरस्कार राशीसहित पाँचौँ गैँडाकोट मेयरकप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता आजदेखि नवजागरण खेल मैदान, गैँडाकोट–९ मा सुरु हुँदैछ। देशका सातै प्रदेशका टोली र आयोजक टिम “मेयर इलेभेन” सहित ८ टोलीबीचको प्रतिस्पर्धाले आगामी पाँच दिनसम्म गैँडाकोटलाई क्रिकेटमय बनाउनेछ। प्रतियोगिताको औपचारिक उद्घाटन आज बिहान १० बजे गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले गर्ने कार्यक्रम तय भएको छ। उद्घाटन समारोहपछि द...

लुम्बिनी ICT क्याम्पसमा अन्तर–कलेज डिजाइन प्रतिस्पर्धा हुने

लुम्बिनी ICT क्याम्पसमा अन्तर–कलेज डिजाइन प्रतिस्पर्धा हुने
गैँडाकोट। लुम्बिनी ICT क्लबको आयोजनामा “इन्टर–कलेज ग्राफिक डिजाइन कम्पिटिसन – भोल्युम २” आयोजना हुने भएको छ। +2 तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै प्रतियोगिता आगामी फाल्गुन १० गते लुम्बिनी ICT क्याम्पस, गैँडाकोटमा सञ्चालन गरिने आयोजकले जनाएको छ। फोटोशपमार्फत सिर्जनात्मक क्षमता प्रदर्शन गर्ने अवसरका रूपमा हेरिएको यस प्रतियोगितामा उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने सहभागीहरूलाई रु. ३०,००० भन्दा बढीको पुरस्कार राशि प्रदान गरिनेछ। प्रतिभाशाली युवा डिजाइनरहरूलाई आफ्नो सीप दे...

समृद्ध नवलपुरको सपना बोकेर एमाले उम्मेदवार सापकोटा घरदैलोमा

समृद्ध नवलपुरको सपना बोकेर एमाले उम्मेदवार सापकोटा घरदैलोमा
नवलपुर- नवलपुर क्षेत्र नम्बर–१ का नेकपा एमालेका उम्मेदवार भागिरथ सापकोटाले पत्रकार सम्मेलनमार्फत आफ्ना योजना तथा प्रतिबद्धता सार्वजनिक गरेका छन्। आसन्न निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रममा उनले क्षेत्रको समग्र विकासका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गर्दै मतदातासँग विश्वासको मत मागेका छन्। पत्रकार सम्मेलनमा बोल्दै सापकोटाले आफू स्थानीय उम्मेदवार भएकाले यहाँका समस्या, आवश्यकता र सम्भावनाबारे राम्रोसँग जानकार रहेको बताए। “यो माटोमै जन्मिएको र हुर्किएको व्यक्ति भएकाले यह...