×

नवलपुर विशेष

कावासोतीमा तीन मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कावासोतीमा तीन मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
कावासोती नगरपालिका–१४ अग्यौलीस्थित भित्री सडकखण्डमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन्।  राति करिब ९ बजे गोडारबाट डण्डातर्फ जाँदै गरेको ग.प्र.०४–००१ प ८५९२ नम्बरको TVS मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ०३–०३ प २५२१ नम्बरको RTR मोटरसाइकल एकआपसमा ठोक्किएपछि भएको हो। ठक्करपछि TVS मोटरसाइकल पुनः सोही दिशाबाट आउँदै गरेको ग.प्र.०४–००२ प १८४७ नम्बरको बुलेट मोटरसाइकलसँग समेत ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका...

टी–२० विश्वकप- आफ्नो पहिलो खेलमा नेपाल आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै

टी–२० विश्वकप- आफ्नो पहिलो खेलमा नेपाल आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै आज दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात गर्दैछ।मुम्बइको वानखेडे क्रिकेट स्टेडियममा आइतबार दिउँसो सवा ३ बजे नेपाली टोली इङल्यान्डविरुद्ध मैदान उत्रँन लागेको हो। नेपालले समूह चरणका आफ्ना चार खेल वानखेडे स्टेडियममा नै खेल्नेछ। समग्रमा तेस्रो र लगातार दोस्रो पटक नेपालले विश्वकप खेल्न लागेको हो।अघिल्लो पटक विश्वकप खेलेका १० र नयाँ खेलाडीले यसपटकको विश्व कपमा नेपालको प्रतिनिधित्व गर्दैछन्। आरिफ शेख...

‘जिईएस मिनी म्याराथन–२०८२’ भोलि, तयारी पूरा

‘जिईएस मिनी म्याराथन–२०८२’ भोलि, तयारी पूरा
गैंडाकोट-  गैंडाकोट इङ्लिस स्कुल (GES) को आयोजनामा ‘जिईएस मिनी म्याराथन–२०८२’ यही माघ २४ गते (शनिबार) गैंडाकोटमा आयोजना हुने भएको छ। बिहान ७ बजे सुरु हुने म्याराथनको दूरी ६ किलोमिटर रहने आयोजकले जनाएको छ। म्याराथनको सुरु तथा अन्त्य बिन्दु गैंडाकोट इङ्लिस स्कुल नै तोकिएको छ। निर्धारित रुटअनुसार दौड सिलान्यास चोक, मिलन चोक, नया बजार, हरे राम हरे कृष्ण मन्दिर, सुवा चोक, सितल चोक, बाघखोर तथा केबलकार स्टेशन हुँदै पुनः विद्यालय परिसरमा आएर समापन हुनेछ। प्रतियोगितामा विद्यार्थी (छ...

गैँडाकोटमा नेपालकै पहिलो क्रुज सेवा सञ्चालनमा

गैँडाकोटमा नेपालकै पहिलो क्रुज सेवा सञ्चालनमा
गैँडाकोट- गैँडाकोटस्थित नारायणी नदीमा जल पर्यटनको प्रवर्द्धन तथा धार्मिक पर्यटकीय क्षेत्रहरूलाई आपसमा जोड्ने उद्देश्यसहित नेपालकै पहिलो क्रुज सेवा सञ्चालनमा आएको छ। ‘राइनो क्रुज’ नाम दिइएको उक्त क्रुजको आइतबार साँझ विधिवत् उद्घाटन भएसँगै नियमित सेवा सुरु गरिएको हो। नवलपुर र आसपासका क्षेत्रलाई दिगो तथा सम्भावनायुक्त नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित क्रुज सञ्चालनमा ल्याइएको बताइएको छ। उद्घाटन कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले राइनो क...

योगेश भट्टराईले भने: नवलपुर–१ मा एमाले उम्मेदवार सापकोटाको जित निश्चित

योगेश भट्टराईले भने: नवलपुर–१ मा एमाले उम्मेदवार सापकोटाको जित निश्चित
नवलपुर- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नवलपुर–१ को देवचुलीमा आयोजित क्षेत्रीय बैठकमा पार्टी एकता र आगामी फागुन २१ को निर्वाचनमा विजय सुनिश्चित गर्न कार्यकर्तालाई आह्वान गरेका छन्। उनले एमालेको उम्मेदवार भागीरथ सापकोटा निर्विरोध छनोट भएकाले क्षेत्रको जीत सुनिश्चित भएको बताएका छन्। भट्टराईले बैठकमा भने, “नेकपा एमाले देशको अभिभावक हो। नवयुवाहरूका प्रश्न जायज छन् र हामीले त्यसलाई सकारात्मक दृष्टिले लिनुपर्छ। नवलपुर–१ हाम्रो बलियो क्षेत्र हो। यहाँ ५२ वडामध्ये २६ वडामा एम...

नवलपुर–२ का विकास योजनामा नागरिक सहभागिता : घर्तीले मागे सुझाव

नवलपुर–२ का विकास योजनामा नागरिक सहभागिता : घर्तीले मागे सुझाव
कावासोती । नेपाली कांग्रेस नवलपुर क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ओमबहादुर घर्तीले जनताको आवाजलाई केन्द्रमा राख्दै प्रतिबद्धता पत्र निर्माणका लागि सुझाव संकलन अभियान सुरु गरेका छन् । आगामी पाँच वर्षका लागि नवलपुर–२ को समग्र विकासलाई दिशानिर्देश गर्ने उद्देश्यसहित उम्मेदवार घर्तीले सामाजिक सञ्जालमार्फत नागरिकसँग खुला रूपमा सुझाव माग गरेका हुन् । विकास निर्माणदेखि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, वन तथा वातावरण, रोजगारी...

एमाले गैडाकोट नगर कमिटीका लेखा अध्यक्ष श्रीहरी चालिसेले दिए राजीनामा

एमाले गैडाकोट नगर कमिटीका लेखा अध्यक्ष श्रीहरी चालिसेले दिए राजीनामा
गैडाकोट- नेकपा (एमाले) गैडाकोट नगर कमिटीका नगर लेखा अध्यक्ष श्रीहरी चालिसेले आफ्नो पदिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा पार्टीको नीति, सिद्धान्त र मान्यताप्रति सम्मान रहँदा–रहँदै पनि व्यक्तिगत स्वभाव, समयको अभाव तथा समग्र नेतृत्व अभ्यासका कारण आफूले जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसक्ने महसुस भएको उल्लेख गरेका छन्। श्रीहरी चालिसे केही समयदेखि सामाजिक सञ्जालमार्फत नेकपा (एमाले)को मूल नेतृत्वप्रति प्रश्न...

एमाले गैँडाकोट–१२ का अध्यक्ष, उपाध्यक्ष र सचिवद्वारा पार्टी परित्याग

एमाले गैँडाकोट–१२ का अध्यक्ष, उपाध्यक्ष र सचिवद्वारा पार्टी परित्याग
गैँडाकोट - नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १२ का नेकपा एमालेका अध्यक्ष शोभाखर सुवेदी, उपाध्यक्ष बलराम पौडेल र सचिव शिव गौतमले पार्टी परित्याग गरेका छन्। लामो समयदेखि नेकपा एमालेमा रहेर काम गर्ने अवसर दिएको भन्दै उनीहरूले पार्टीलाई धन्यवाद दिएका छन्। नगर कमिटीका अध्यक्षलाई बुझाइएको राजीनामा पत्रमा तीनैजनाले हस्ताक्षर गरेका छन्। चुनाव नजिकिँदै गर्दा वडास्तरका जिम्मेवार पदाधिकारीहरूले पार्टी छाडेपछि यसले स्थानीय राजनीतिक गतिविधिमा प्रभाव पार्ने देखिएको छ। यद्यपि पार्टीको आ...

देवचुलीमा विद्यालय प्राङ्गणमै स्कुल बसको ठक्कर, नर्सरी छात्राको मृत्यु

देवचुलीमा विद्यालय प्राङ्गणमै स्कुल बसको ठक्कर, नर्सरी छात्राको मृत्यु
नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) — देवचुली नगरपालिका–१ केउरेनीस्थित नेपाल नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा भएको सवारी दुर्घटनामा एक नाबालिक बालिकाको मृत्यु भएको छ। बिहान करिब ९:३० बजेको समयमा विद्यालयको आफ्नै बस (लु १ क ३८१४) ब्याक गर्ने क्रममा सोही विद्यालयमा नर्सरी कक्षामा अध्ययनरत ४ वर्षीया सुस्मा कुमारी पासवानलाई ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि देवचुली नगर अस्पताल, दुम्कौली लगिएको थियो। तर उपचारकै क्रममा बिहान ९:५९ बजे चिकित्सक...