सकियो गैँडाकोट महोत्सव, २० करोड बढीको आर्थिक कारोबार
नवलपुर- नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन भएको चौथो गैँडाकोट महोत्सव २०८२ सकिएको छ । करिब दुई लाख दर्शकले महोत्सव अवलोकन गर्दा २० करोड बढीको कारोबार भएको जनाइएको छ ।महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले आर्थिक मन्दीका कारण महोत्सवमा अपेक्षित कारोबार नभए पनि महोत्सव सफल भएको दाबी गरे ।
“हामीले २५ करोडको कारोबार हुने अनुमान गरेका थियौँ” उनले भने, “आर्थिक मन्दीका कारण करिब २० करोडक...


