गैँडाकोट बन्दैछ धार्मिक तथा पर्यटकीय गन्तव्य
नवलपुर (नवलपरासी) - नेपालको मध्यभागमा पर्ने जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पर्ने गैँडाकोट नगरपालिका धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ । गैँडाकोटमा ऐतिहासिक धार्मिक क्षेत्रहरु धेरै रहेकाले यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको नगरपालिकाले जनाएको छ । गैँडाकोट नगरपालिकामा सबैभन्दा बढी धार्मिक तथा पर्यटकीय क्षेत्रहरु वडा नं १ मा रहेका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । यस क्षेत्रमा हिन्दू धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल द...


