राजन गौतमलाई नवलपुर १ बाट उम्मेदवार बनाउने रास्वपाको निर्णय
गैँडाकोट- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने संघीय निर्वाचनका लागि नवलपुर क्षेत्र नम्बर १ बाट राजन गौतमलाई आफ्नो उम्मेदवार बनाउने निर्णय गरेको छ। आज देवचुलीमा बसेको क्षेत्रीय समितिको बैठकले गौतमलाई उम्मेदवार बनाउने विषयमा एकमत सिफारिस गरेको हो।
बैठकमा क्षेत्र नं १ का ३० वडाका सभापतिहरू पनि सहभागी भएका थिए र सबैले गौतमलाई उम्मेदवार बनाउने पक्षमा सहमति जनाएका थिए। पार्टीका क्षेत्र नं १ का सभापति हरि पराजुलीले भने, “गौतमनै सबैभन्दा बलियो उम्मेदवार हुन्। उ...


