×

नवलपुर विशेष

नवलपुर- २ बाट तिलक महतको एकल नाम सिफारिस, नवलपुर-१ मा ८ जनाको नाम

नवलपुर- २ बाट तिलक महतको एकल नाम सिफारिस, नवलपुर-१ मा ८ जनाको नाम
नेकपा एमाले नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ ले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि पार्टी केन्द्रीय कमिटी सदस्य तिलक महतको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।नवलपुर–२ क्षेत्रीय कमिटीको आज बसेको बैठकले महतलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो। यसैबीच, नवलपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि भने आठ जनाको नाम उम्मेदवार सिफारिस गरिएको छ। क्षेत्रीय कमिटीले रविन्द्र अधिकारी, डा. गोपाल खनाल, छत्रराज पौडेल, भागिरथ सापकोटा...

गैँडाकोटमा स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

गैँडाकोटमा स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु
नवलपुरको गैँडाकोटमा स्कारपियोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट नगरपालिका–१० स्थित लांघाली चोकमा आज दिउँसो स्कारपियोले ठक्कर दिँदा सोही ठाउँ बस्ने ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी विरेन्द्रराज गुरुङले जानकारी दिनुभयो। ठक्कर दिने स्कारपियोको नम्बर खुल्न नसकेको र सवारीसाधन घटनापछि फरार भएको उहाँले बताउनुभयो। फरार स्कारपियोको खोजीकार्य जारी रहेको प्रहरीले जन...

पुस २५ गतेदेखि चौथो गैँडाकोट महोत्सव, ६० प्रतिशत तयारी पूरा

पुस २५ गतेदेखि चौथो गैँडाकोट महोत्सव, ६० प्रतिशत तयारी पूरा
गैँडाकोट - पुस २५ गतेदेखि सुरु हुने चौथो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणतर्फ अघि बढेको छ। उद्योग वाणिज्य संघ गैँडाकोटको आयोजनामा हुन लागेको महोत्सवले स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष छबिलाल कंडेलले हालसम्म महोत्सवको करिब ६० प्रतिशत तयारी पूरा भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार बाँकी तयारी कार्य तीव्र गतिमा अ...

गैँडाकोटमा आयुर्वेद स्वास्थ्य शिविर, ५४७ जना लाभान्वित

गैँडाकोटमा आयुर्वेद स्वास्थ्य शिविर, ५४७ जना लाभान्वित
गैँडाकोट- नवलपुरको गैँडाकोटमा शनिबार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, काठमाडौंको सहकार्यमा गैँडाकोट नगरपालिकाले आयोजना गरेको निशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधी वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शिविर बिहान ९ बजे शुरू भएर दिउँसो ३ बजे सम्म जनक नमूना माविको प्राङ्गणमा सञ्चालन भयो। कार्यक्रममा डा. सन्तोष कुमार ठाकुर, कार्यकारी निर्देशक, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, काठमाडौंले अध्यक्षता गर्नुभएको थियो भने मेयर मदनभक्त अधिकारी प्...

सरस्वती निकेतन आवासीय विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन

सरस्वती निकेतन आवासीय विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन
गैँडाकोट- सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयमा शनिबार नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ। नवगठित व्यवस्थापन समितिका अध्यक्षमा कमलापति शर्मा, सदस्य सचिवमा भरतबाबु कँडेल (प्राचार्य), र सदस्यहरूमा नरेश आचार्य तथा लक्ष्मी आचार्य गौडेल चयन भएका छन्। शिक्षक प्रतिनिधि राजेन्द्र प्रसाद रेग्मी रहेका छन्। शिक्षक अभिभावक संघको अध्यक्षमा ऋषिराम भण्डारी चयन भए भने अन्य सदस्यहरूमा शान्त पाण्डे काप्री, मनिषा कोइराला, माधव कुमाल, रिता कुमाल, उमा लोहनी अधि...

हुप्सेकोटमा बृहत् विशेष स्वास्थ्य शिविर सम्पन्न, ५५० जनाले लिए निःशुल्क सेवा

हुप्सेकोटमा बृहत् विशेष स्वास्थ्य शिविर सम्पन्न, ५५० जनाले लिए निःशुल्क सेवा
नवलपुर । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिका समितिको संयुक्त आयोजनामा हुप्सेकोट–१ स्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा आज बृहत् विशेष स्वास्थ्य शिविर कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। स्वास्थ्य शिविर नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा तथा नवलपुर संघीय निर्वाचन क्षेत्र नम्बर–२ का नि. वर्तमान माननीय विष्णु कुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्...

पहिलो ब्याचमै उत्कृष्ट परिणाम, कालिका मेडिकलको शैक्षिक स्तर प्रमाणित

पहिलो ब्याचमै उत्कृष्ट परिणाम, कालिका मेडिकलको शैक्षिक स्तर प्रमाणित
कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिच्युटले शैक्षिक यात्रामा पुनः एकपटक उल्लेखनीय सफलता हासिल गरेको छ। विशेष गरी रेडियोग्राफी तथा फिजियोथेरापी संकायको पहिलो ब्याचले उत्कृष्ट नतिजा प्राप्त गरेपछि संस्थाको शैक्षिक स्तर र गुणस्तरप्रति पुनः विश्वास बढेको छ। पहिलो ब्याचकै विद्यार्थीहरूले हासिल गरेको यस उपलब्धिलाई संस्थाको अनुशासन, निरन्तर मेहनत तथा गुणस्तरीय शिक्षण प्रक्रियाको प्रतिफलका रूपमा लिइएको छ। यस सफलताले विद्यार्थी, अभिभावक, शिक्षक तथा प्रशासनिक टोलीबीचको सहकार्य, समर्पण ...

एमालेमा प्यानल भोटिङको ट्रेन्ड, पदाधिकारीमा पोखरेल पक्षका अधिकांश पछाडि (सूची)

एमालेमा प्यानल भोटिङको ट्रेन्ड, पदाधिकारीमा पोखरेल पक्षका अधिकांश पछाडि (सूची)
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा प्यानल भोटिङको प्रारम्भिक रुझान देखिएको छ । पहिलो चरणमा सार्वजनिक भएको मतपरिणाममा संस्थापन पक्ष उम्मेदवारहरु अगाडि छन् । अध्यक्षमा केपी शर्मा ओलीले ईश्वर पारखेललाई फराकिलो मतान्तरले पछाडि पारिरहेका छन् । पछिल्लो अपडेट अनुसार ओलीको ३३३ र पोखरेलको ११० मत छ । महासचिव पनि ओली पक्षका शंकर पोखरेलले अग्रता बढाएका छन् । पोखरेलले २४९ मत ल्याउँदा १९४ मतमा छन् ईश्वर समूहका सुरेन्द्र पाण्डे । एमालेमा ५ जना उपाध्यक्षका लाग...

एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने

एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने
काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदान ‘कछुवा गति’मा अघि बढिरहेको छ । लामो मतपत्र र प्यानलको सूचीलाई भिडाएर मतदान गर्नुपर्दा मतदाताहरु लामो समय अल्मलिने गरेका छन् । अध्यक्षका दुई प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले आआफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् । मतदाताहरु प्यानलको सूची बोकेर मतदान गर्न जाँदा ढिलाइ भएको हो । विद्युतीय भोटिङ मेसिनका सञ्चालक राम–लक्ष्मणमध्येका रामले भने, ‘सुरुसुरु फोटो र नाम हेरेर मतदान गरेको भए चाँडै स...