×

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा प्यानल भोटिङको प्रारम्भिक रुझान देखिएको छ । पहिलो चरणमा सार्वजनिक भएको मतपरिणाममा संस्थापन पक्ष उम्मेदवारहरु अगाडि छन् ।

अध्यक्षमा केपी शर्मा ओलीले ईश्वर पारखेललाई फराकिलो मतान्तरले पछाडि पारिरहेका छन् । पछिल्लो अपडेट अनुसार ओलीको ३३३ र पोखरेलको ११० मत छ । महासचिव पनि ओली पक्षका शंकर पोखरेलले अग्रता बढाएका छन् । पोखरेलले २४९ मत ल्याउँदा १९४ मतमा छन् ईश्वर समूहका सुरेन्द्र पाण्डे ।

एमालेमा ५ जना उपाध्यक्षका लागि भइरहेको भिडन्तमा ओली पक्षका ४ जना अहिलेसम्म टप ५ मा छन् । सो प्यानलबाट क्रमशः पृथ्वीसुब्बा गुरुङ, बिष्णुप्रसाद पौडेल र रामबहादुर थापा बादल पछिल्लो अपडेटमा टप ३ भित्र परेका छन् । चौंथो नम्बरमा ईश्वर पोखरेल समूहबाट गोकर्ण विष्ट छन् भने पाचौं नम्बरमा ओली समूहका रघुजी पन्तले पछ्याइरहेका छन् ।

 

छैटौं नम्बरमा रहेका गुरुप्रसाद बरालले भेट्टाएनन् भने ईश्वर समूहबाट गोकर्ण उपाध्यक्ष बन्न सक्ने देखिन्छ । पोखरेल पक्षका अन्य उपाध्यक्ष उम्मेदवारहरु पछाडि परेका छन् ।

महासचिवमा कडा टक्कर हुने अनुमान गरिएको थियो । पछिल्लो अपडेट अनुसार संस्थापन पक्षका उम्मेदवार शंकर पोखरेलभन्दा पोखरेल पक्षका उम्मेदवार सुरेन्द्र पाण्डे केही पछाडि परेका छन् । पोखरेलले अग्रता कायम राखेर विजयी बने भने संस्थापन पक्षका लागि राहतको विषय मानिने छ । तर, यदि पाण्डेले मत बढाएर पोखरेललाई पछि पारेको खण्डमा यसलाई ईश्वर पोखरेल पक्षका लागि ठूलो जित हुनेछ ।

३ जना उपमहासचिवका लागि भइरहेको प्रतिस्पर्धामा ईश्वर पोखरेल पक्षबाट योगश भट्टराईले कडा दावेदारी प्रस्तुत गरेका छन् । लेखराज भट्ट र रघुवीर महासेठसहित भट्टराई टप थ्रीमा अटाएका छन् । अहिलेसम्मको मतान्तर हेर्दाखेरि भट्टराई सेफ जोनमा देखिन्छन् । ओलीनिकट उम्मेदवार विष्णु रिमाल चौंथो स्थानमा संघर्ष गरिरहेका छन् ।

सचिवमा भने संस्थापन पक्षले क्लीन स्वीप गर्ने खतरा देखिएको छ । ९ जना सचिवका लागि भएको प्रतिस्पर्धामा टप ९ भित्र सबै संस्थापन पक्षका उम्मेदवार छन् । पोखरेल पक्षका गोकुल बास्कोटा १० औं नम्बरमा संघर्ष गरिरहेका छन् । उनले भोट बढाएको खण्डमा टप ९ भित्र अटाउन सक्छन् । पोखरेल पक्षका अन्य सचिव उम्मेदवार पछाडि परेका छन् ।

हेर्नुहोस् सूची

अध्यक्ष

केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०

उपाध्यक्ष
अरुण नेपाल : ८९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टकं प्रसाद कार्की : ७५
पर्शुराम मेघि गुरुङ्ग : ८६
प्रथवि सुव्वा गुरुङ : ३५६
भिम प्रसाद आचार्य : ५१
रघु जी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
विन्दा पाण्डे : १६९
विष्णु प्रसाद पौडेल : ३४९

महासचिव
शंकर पोख्रेल : २४९
सुरेन्द्र प्रसाद पाण्डे :१९४

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : १३३
योगेस भट्टराइ : २६४
रघुविर महासेठ : २६७
राजेन्द्र प्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णु प्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७

सचिव
अग्नि प्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराइ : २३६
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४

तपाईको प्रतिक्रिया