गैँडाकोट- सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयमा शनिबार नयाँ विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरिएको छ।
नवगठित व्यवस्थापन समितिका अध्यक्षमा कमलापति शर्मा, सदस्य सचिवमा भरतबाबु कँडेल (प्राचार्य), र सदस्यहरूमा नरेश आचार्य तथा लक्ष्मी आचार्य गौडेल चयन भएका छन्। शिक्षक प्रतिनिधि राजेन्द्र प्रसाद रेग्मी रहेका छन्।
शिक्षक अभिभावक संघको अध्यक्षमा ऋषिराम भण्डारी चयन भए भने अन्य सदस्यहरूमा शान्त पाण्डे काप्री, मनिषा कोइराला, माधव कुमाल, रिता कुमाल, उमा लोहनी अधिकारी, सिता तिमिल्सेना, बसन्ती पौडेल, सुनीता कँडेल रहेका छन्। शिक्षक प्रतिनिधि देवकी खत्री क्षेत्री रहेका छन्।
सल्लाहकार समितिमा मोतिचन्द्र चालिसे, देवेन्द्र सापकोटा, मञ्जु सापकोटा र चन्द्रकला पौडेल सदस्य छन्।
विद्यालय प्रशासनले पुरानो समितिको योगदानको प्रशंसा गर्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिएको छ र विद्यालयको विकासमा सम्पूर्ण सरोकारवालाको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको छ।



उज्यालो खबर




