×

गैँडाकोट- नवलपुरको गैँडाकोटमा शनिबार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, काठमाडौंको सहकार्यमा गैँडाकोट नगरपालिकाले आयोजना गरेको निशुल्क आयुर्वेद स्वास्थ्य शिविर तथा औषधी वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

शिविर बिहान ९ बजे शुरू भएर दिउँसो ३ बजे सम्म जनक नमूना माविको प्राङ्गणमा सञ्चालन भयो। कार्यक्रममा डा. सन्तोष कुमार ठाकुर, कार्यकारी निर्देशक, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, काठमाडौंले अध्यक्षता गर्नुभएको थियो भने मेयर मदनभक्त अधिकारी प्रमुख अतिथि हुनुहुन्थ्यो।

गैँडाकोट आयुर्वेद औषधालयका वरिष्ठ कविराज निरीक्षक विष्णुप्रसाद पौडेलका अनुसार, शिविरमा ३२१ जना महिला र २२६ जना पुरुष गरी कुल ५४७ जनाले स्वास्थ्य परामर्श र औषधी सेवा पाएका छन्।शिविरले स्थानीय समुदायलाई आयुर्वेदिक स्वास्थ्य सेवासँग नजिक ल्याउने र रोगप्रतिरोधात्मक स्वास्थ्य प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया